अनुसन्धान

‘भारतीय ब्रान्डको नुन र चिनीमा माइक्रो प्लास्टिक, क्यान्सरको जोखिम’


नयाँ दिल्ली– हालै गरिएको एक अध्ययनले भारतीय ब्रान्ड को नुन र चिनीमा माइक्रो प्लास्टिक हुन सक्ने खुलासा गरेको छ । यसले भारत मात्र नभइ भारतीय ब्रान्डको नुन र चिनी अत्याधिक खपत हुने नेपाल समेत यो समस्याले अछुतो न रहेको देखिएको छ ।

अध्ययनमा नुन र चिनी, चाहे त्यो प्याक गरिएको होस वा अन प्याक, करिब करिब सबै मा माइक्रो प्लास्टिक पाइएको छ । माइक्रो प्लास्टिक लाई क्यान्सरको प्रमुख कारक मानिन्छ ।

पर्यावरण अनुसन्धान संस्था टक्सिक्स लिंकले गत मंगल बार (साउन २९ गते) मा ‘माइक्रो प्लास्टिक्स इन साल्ट एण्ड सुगर’ शीर्षकको अध्ययन प्रकाशित गरेको हो ।

अनुसन्धान कर्ताहरुले भनेका छन् कि माइक्रो प्लास्टिक भएका चीजहरूले धेरै प्रकारका क्यान्सरका साथै मस्तिष्क र स्नायु सँग सम्बन्धित विकारहरू बढाउन सक्छ ।

माइक्रो प्लास्टिक र यसले निम्त्याउने स्वास्थ्य जोखिम ठूलो चिन्ताको कारण बनेको छ । यस्ता कुरामा सबैले विशेष ध्यान र सतर्कता अपनाउन जरुरी छ ।

नुन र चिनीमा गम्भीर असर पुर्याउने माइक्रो प्लास्टिकको मात्रा 

यो अध्ययनको क्रममा अनुसन्धान कर्ताहरूले भारतमा बिक्री हुने १० प्रकारका नुनहरू जस्तै टेबुल साल्ट, रक साल्ट, समुद्री नुन र स्थानीय काँचो नुन अध्ययन गरेका थिए । यस सँगै अनलाइन र स्थानीय बजारबाट खरिद गरिएका पाँच प्रकारका चिनीको पनि परीक्षण गरिएको थियो ।

अध्ययनले सबै नुन र चिनीको नमुनाहरूमा फाइबर र साना टुक्राहरू सहित विभिन्न रूपहरूमा माइक्रो प्लास्टिकको उपस्थिति रहेको देखियो । यी माइक्रो फ्लास्टिकको आकार ०.१ मिमी देखि ५ मिमी सम्म थियो ।

आयोडिन युक्त नुनमा माइक्रो प्लास्टिक सबैभन्दा धेरै मात्रा पाइयो । यस आकारको माइक्रो प्लास्टिकले स्वास्थ्यलाई गम्भीर रूपमा हानी पुर्याउने हुन सक्छ ।

टक्सिक्स लिङ्कका संस्थापक निर्देशक रवि अग्रवाल ले सञ्चार माध्यमलाई बताए अनुसार अध्ययनको उद्देश्य माइक्रो प्लास्टिकमा अवस्थित वैज्ञानिक डाटा बेसमा योगदान पुर्याउनु थियो ।

अध्ययनमा सबै नुन र चिनीको नमुनामा माइक्रो प्लास्टिकको फेला पर्नु चिन्ताजनक रहेको छ । मानव स्वास्थ्यमा माइक्रो प्लास्टिकको दीर्घकालीन साइड इफेक्टको बारेमा तत्काल, व्यापक अनुसन्धान आवश्यक छ ।

नुन को नमुनाहरूमा माइक्रो प्लास्टिकको सांन्द्रता ६.७१ देखि ८९.१५ टुक्रा प्रति किलोग्राम सुक्खा तौल सम्म थियो । विज्ञहरूको अनुसार यो मात्रा स्वास्थ्यलाई गम्भीर रूपमा हानी गर्न पर्याप्त छ ।

चिनीको नमूनाहरूमा माइक्रो प्लास्टिकको सान्द्रता ११.८५ देखि ६८.२५ टुक्रा प्रति किलोग्राम सम्म थियो । जसको सबै भन्दा बढी सान्द्रता ‘नन अर्गानिक’, चिनीमा पाइयो ।

अध्ययनले पत्ता लगाएको छ कि औसत भारतीयले हरेक दिन १०.९८ ग्राम नुन र करिब १० चम्चा चिनी खान्छन् । जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेको सीमा भन्दा धेरै बढी छ । यसमा माइक्रोप्लास्टिकको उपस्थितिले थप चिन्ता बढाएको छ।

माइक्रो प्लास्टिक बेफाइदाहरू

हाल सालै गरिएको अनुसन्धानले फोक्सो, मुटु जस्तो मानव अंग मात्र नभइ आमाको दूध र गर्भमा रहेका बच्चाहरूमा समेत माइक्रो प्लास्टिक्स फेला पारेको छ । अनुसन्धान कर्ताहरुको अनुसार प्लास्टिकको बोतलमा पानी पिउने हरु पनि सावधान रहनु पर्छ । प्लास्टिकको बोतलमा प्रत्येक लिटर पानीमा प्लास्टिकको एक लाख भन्दा बढी सूक्ष्म टुक्रा (माइक्रोस्कोपिक) हुन सक्छ । मात्र एक बोतल पानी खादा शरीर मा १० गुणा बढी प्लास्टिक प्रवेश गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!