धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लाई सूर्यविनायकमा लगिने, प्रदेशहरूमा समेत विस्तार गरिने


भक्तपुर– स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लाई छिट्टै सूर्यविनायक मा लगिने बताए । उनले प्रत्यारोपण केन्द्रको विस्तार सात वटै प्रदेशमा समेत गरिने बताए । केन्द्र धेरै साँगुरो भवनमा भएकोले खुम्चिएर बस्नु परेको जनाउँदै स्वास्थ्य मन्त्रीले छिट्टै यसलाई फराकिलो ठाउँमा लग्ने जनाए ।

‘राज्यले विशेष लगानी गरेर महत्व साथ अगाडी बढाउने छ’, मन्त्री पौडेलले भने–‘मैले स्टन्ट क्रियेट गर्न बोलेको होइन, यो आवश्यकता हो ।’ स्वास्थ्य मन्त्री ले सुर्य विनायकमा केन्द्रको पहिले अस्थायी र पछि स्थायी संरचना निर्माण गरिने समेत जनाए ।

‘आफ्नो जग्गामा सूर्यविनायकमा केन्द्रको निर्माण सँगै प्रदेशहरूमा यसको उप केन्द्र हर समेत विस्तार गरिनेछ’, स्वास्थ्य मन्त्रीले भने–‘प्रत्यारोपण केन्द्रको उपकेन्द्र छिट्टै कोशी प्रदेशमा खुल्नेछ, वाकी प्रदेशहरूमा समेत लग्दै जाने हो ।’

स्वास्थ्य मन्त्री ले प्रत्यारोपण केन्द्र को जग्गा वारे पुरानो निर्णय लाई प्रति स्थापित गरेर नयाँ निर्णय गरिने समेत बताए । प्रत्यारोपण केन्द्रलाई सूर्यविनायक लग्ने प्रस्ताव यस अघि केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले गरि सकेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!