‘प्रत्यारोपण केन्द्र लाई हालको अवस्थामा ल्याउन डा.पुकार चन्द्र श्रेष्ठको ठूलो योगदानः स्वास्थ्य मन्त्री’


भक्तपुर– स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हाल सम्म झन्डै १३०० मिर्गौला र २७ जनाको कलेजो प्रत्यारोपण गर्नु मा निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको ठूलो योगदान रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्री पौडेलले भने–‘उहा (डा.पुकार) लाई हृदय देखी सम्मान, समाजमा धेरै ठूलो योगदान पुर्याउनु भयो । १३०० मिर्गौला प्रत्यारोपण ठूलो संख्या हो ।’ प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष पुरा भएको छ । विश्व अंगदान दिवस को अवसरमा प्रत्यारोपण केन्द्रमा मंगल वार आयोजित विशेष कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले उक्त कुरा बताएका हुन ।

केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा.पुकारले केन्द्रमा ९८ प्रतिशत सफलता दरको साथ १३०० मिर्गौला प्रत्यारोपण हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए । प्रत्यारोपण केन्द्र मै मुलुकको पहिलो कलेजो प्रत्यारोपण समेत भएको हो ।

देशको प्रमुख राष्ट्रिय प्रत्यारोपण केन्द्र मिर्गौला तथा कलेजोको विश्व स्तरीय सेवा दिइ रहेको जनाउँदै उनले भने–‘यो संस्था देशको सवै भन्दा राम्रो सेवा दिइरहेको सरकारी संस्था हो ।’

तर प्रत्यारोपण केन्द्रको आफ्नो भवन, जग्गा छैन । हाल सम्म यो भक्तपुर अस्पतालको भवनमा सञ्चालित रहेको जनाउँदै डा.पुकारले यसको लागि भक्तपुर अस्पताल लाई धन्यवाद समेत दिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!