‘डेंगुले फेरी मृत्युः ५० वर्षे पुरुष पछि ४० वर्षे महिलाको ज्यान गयो’


काठमाडौं– पछिल्लो समय झापा, हल्दीबारीमा की एक ४० वर्षीय महिलाको डेंगु सङ्क्रमणले मृत्यु भएको छ । यो सँगै यो वर्ष डेंगु सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।

यस अघि व्यास नगरपालिकामा डेंगु सङ्क्रमण समेत देखिएका ५० वर्षीय कलेजो सँग सम्बन्धित पुरानो रोग भएको एक व्यक्तिको मृत्यु भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का निर्देशक डा.यदुचन्द्र घिमिरेको अनुसार डेंगुले मृत्यु भएकी झापाको महिलालाई अन्य स्वास्थ्य समस्या पनि थियो ।

यो वर्ष हाल सम्म मुलुकमा ३ हजार ३ सय ३९ डेंगु सङ्क्रमण रिपोर्ट गरिएको छ । ७३ जिल्लामा देखि सकिएको डेंगु ले सबै भन्दा बढी ६ सय ५६ सङ्क्रमण तनहुँ जिल्लामा देखिएको हो । यस पछि ३ सय ३२ सङ्क्रमण सहित काठमाडौं दोस्रो स्थानमा र २ सय १२ सङ्क्रमण सहित कास्की तेस्रो स्थानमा छ ।

यस्तै प्रदेशहरू अन्तर्गत सबै भन्दा बढी १ हजार २ सय २६ डेंगु केस गण्डकीमा देखिएको छ । यस पछि बागमतीमा ८ सय ७० केस देखिएको हो ।

डेंगु कसरी हुन्छ, यसबाट जोगिन के गर्ने ? सङ्क्रमण भइ सके पछि के कस्तो सतर्कता अपनाउने लगायतका सबै जानकारी यो लिङ्क लाई क्लिक गरेर पाउन सक्नु हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!