बढ्दै हैजा सङ्क्रमण, प्रयोगशाला प्रमाणित सङ्क्रमित को सङ्ख्या ५० पुग्यो


काठमाडौं– मुलुकमा काठमाडौं उपत्यका लगायत अन्य भागमा हैजाको सङ्क्रमणमा बृद्घि देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को अनुसार सोमवार सम्ममा ३८ सङ्क्रमण ललितपुरमा, काठमाडौंमा २, कैलाली ३ र प्युठान २ गरी जम्मा ५० जनामा प्रयोगशाला प्रमाणित हैजा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४  घण्टामा ललितपुरमा २ र काठमाडौंमा १ गरी जम्मा ३ वटा हैजा सङ्क्रमण देखिएको छ । यस्तै पछिल्लो ४८ घण्टामा नयाँ कल्चर पुष्टि भएका हैजाका केसहरू ललितपुर मा ७ र काठमाडौं मा २ गरी ९ वटा छन । 

इडिसिडी का निर्देशक डा.यदुचन्द्र घिमिरेको अनुसार यो वर्ष झाडा पखाला र हैजा ले हाल सम्म कुनै मृत्यु भएको छैन । नेपालमा, विगतमा धेरै छिटपुट प्रकोपका साथ हैजाको महामारी फैलिएको छ । हैजा वाट वा यो सङ्क्रमण हुँदा के गर्ने कसरी जोगिने बारे जन चेतना मुलुक समाचार पढ्न यो लिङ्क मा क्लिक गरेर जानुहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!