मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको छतबाट हाम फालेका युवकको मृत्यु


काठमाडौं –माहाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर  को  छैठौँ तलाबाट हाम फालेका एक युवकको मृत्यु भएको छ ।

अस्पतालको छतमा रहेको क्याफेको रेलिङबाट शनिवार दिउसो हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरूप राज आचार्यको मृत्यु भएको हो ।

हाम फाल्दा घाइते भएका आचार्य लाई तुरुन्त उपचारका लागि इमर्जेन्सी कक्षमा पुर्याइएको पनि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ ।

प्रहरीको अनुसार आचार्य किन अस्पताल आएका थिए भनेर खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको र थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!