‘वैज्ञानिकहरूले पत्ता लगाए ३० खतरनाक भाइरसः विश्वव्यापी महामारीको चेतावनी’


वैज्ञानिकहरूले हालै ३० खतरनाक भाइरस  र ब्याक्टेरिया  हरू पहिचान गरेका छन् । जसले भविष्यमा महामारी को अवस्था सिर्जना गर्न सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यी कीटाणुहरूको सूची जारी गरेको छ । उक्त सुचीमा छिमेकी मुलुक भारतमा पाइने निपाह भाइरस समेत समावेश छ ।

कोलिसन फर एपिडमिक प्रिपेयर्डनेस इनोभेसन्स (सिइपीआइ) र डब्लूएचओले  अनुसन्धानकर्ताहरू र सरकारहरूलाई अर्को महामारीको लागि तयारी लगायत विश्वव्यापी अनुसन्धानलाई सुदृढ र गति दिन आह्‍वान गरेको हाे । 

रियो दि जेनेरियो, ब्राजिलमा आयोजित ग्लोबल पाण्डेमिक प्रिपेयर्डनेस समिट २०२४ मा, डब्लुएचओ रिसर्च एण्ड डभलपमेन्ट  ब्लुप्रिन्ट फर एपिडेमिक्सले अनुसन्धान कर्ताहरू र देशहरू द्वारा फराकिलो-आधारित दृष्टिकोण अपनाउन आग्रह गर्दै रिपोर्ट जारी गरेकोहो।

खतराको डर, ग्लोबल पाण्डेमिक अलर्ट

विभिन्न वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले दुई वर्षको प्रयासमा १,६५२ सूक्ष्म जीवहरूको विश्लेषण गरेको छ । जसमध्ये स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्था ल्याउन सक्ने ३० वटा रोग जनकको हरूको पहिचान समेत गरिएको छ । यसमा इन्फ्लुएन्जा–ए, डेंगु र मंकीपक्स जस्ता नयाँ प्रकारहरू समावेश छन् ।

छिमेकी मुलुक भारतमा निपाह भाइरसको खतरा

निपाह भाइरस पनि डब्लुएचओ को सूचीमा समावेश छ, जुन छिमेकी मुलुक भारतमा भेटिएको थियो र यसले धेरै पटक महामारी निम्त्याएको छ । यस भाइरसको फैलावट रोक्न थप प्रयासहरू आवश्यक छ ।

ब्याक्टेरियाको नयाँ प्रजाति

डब्ल्यूएचओको प्रतिवेदनमा ब्याक्टेरियाका पाँच नयाँ प्रकार हरू पनि समावेश छन् जसले हैजा, प्लेग, डिसेन्ट्री, झाडा पखाला र निमोनिया जस्ता रोगहरू फैलाउन सक्छ । यी मध्ये केही ब्याक्टेरियाहरू अत्यन्त खतरनाक साबित हुन सक्छ र दक्षिणी पूर्वी एसियामा तिनिहरूको जोखिम बढ्न सक्छ।

खोप र अनुसन्धान

डब्लूएचओका अनुसार वैज्ञानिकहरूले केही सूक्ष्मजीहरूको प्रोटोटाइप पहिचान गरेका छन्, जसको आधारमा खोप अनुसन्धान गर्न सकिन्छ। यसले भविष्यमा महामारी निम्त्याउने भाइरसहरू पहिचान गर्न र तिनिहरू विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्नेछ।

भविष्यको तयारी

डब्ल्यूएचओले यो पनि भन्यो कि वैज्ञानिकहरूले महामारी फैलाउने रोग जनक मात्र होइन, अन्य रोगहरू फैलाउने कीटाणुहरूमा पनि अनुसन्धान गरिरहेका छन् । यसको उद्देश्य कीटाणुहरूको फैलावटलाई नियन्त्रण गर्नु र भविष्यमा सम्भावित स्वास्थ्य संकटहरूको सामना गर्न तयारी गर्नु हो ।

यस चेतावनीलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य सङ्गठन र वैज्ञानिक समुदायले यी रोग जनकहरू विरुद्ध ठोस उपाय र व्यवस्थापन योजनाहरूमा काम गर्न आवश्यक छ, ताकि भविष्यमा स्वास्थ्य सङ्कटलाई कम गर्न सकियोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!