अनुसन्धान

‘अनुसन्धानले भन्छ, मानसिक रोगको कारण बन्न सक्छ गरिबी’


नेचर हृयुमेन बिहेभियर मा हाल सालै प्रकाशित एउटा अनुसन्धानले गरिब रहनु मानसिक रोगको कारण बन्न सक्ने देखाएको छ । पछिल्लो थुप्रै अनुसन्धानहरूमा समेत गरिबी र मानसिक रोग बीच एउटा बलियो सम्बन्ध देखिएको छ ।

अनुसन्धान कर्ताहरुले के देखे भने गरिबीले मानसिक स्वास्थ्य समस्यालाई जन्म दिन सक्छ । उसो अनुसन्धान कर्ताहरूले गरिबी मानसिक स्वास्थ्य दुवै बीच कारण र प्रभाव को सम्बन्ध लाई बुझ्ने प्रयास गरिरहेका छन् ।

अनुसन्धान कर्ताले अनुसन्धान को लागि यूके बायो बैक र साईकेट्रिक जेनोमिक कन्सोर्टियम को तथ्याङ्क लाई विश्लेषण गरे । अनुसन्धान कर्ताहरूले के पाए भने सिजोफ्रेनिया र एन्टेन्सन डेफिसिट हाइ पर एक्टिभ डिसअर्डर (एचडीएचडी) गरिबीमा योगदान गर्छ । यसको विपरीत गरिबी, डिप्रेसन र सिजोफ्रेनिया लाई बढाउँछ । एचडीएचडी भएका हरू बैचने हुने प्रकारका हुन्छन् । उनीहरूलाई ध्यान गर्न कठिन हुन्छ । जबकी सिजोफ्रेनिया भएका हरू वास्तविकता मा बाच्नमा भरोसा राख्छन् । जो उनीहरूको सोच्ने, अनुभव गर्ने र व्यवहार गर्ने तरिकालाई प्रभावित गर्छ ।

अध्ययनको लागि अनुसन्धान कर्ताहरूले गरिबी, घरेलु आम्दानी, व्यापार वाट आय र सामाजिक अभावको तथ्याङ्क लिएर गरिबीको एउटा माप निर्धारण गरे । फेरी उनीहरूले मानसिक स्वास्थ्य मा गरिबी को प्रभाव लाई छुट्याउनको लागि सहभागीको आनुवंशिक जानकारी जम्मा गरे । यसको लागि उनीहरूले मेडेलियन रेन्डमाइजेसन पद्धति (एउटा विधि जसले कुनै परिणाममा जोखिमको कारणले गर्दा हुने प्रभाव लाई जाँच्न जिनमा मापन गरिएको भिन्नता को उपयोग गर्छ) को उपयोग गरे ।

अनुसन्धानकर्ताहरुले पाए की सिजोफ्रेनिया र एचडीएचडी गरिबीमा योगदान गर्न सक्छ । अनुसन्धानमा संकेत मिल्यो की गरिबी, मेजर डिप्रेसन डिसअर्डर (एमडीडी) र सिजोफ्रेनिया लाई बढाउँछ । तर गरिबी एनोरेक्सिया नर्वोसा को जोखिमलाई कम गर्छ । यो अध्ययन अगस्ट हालिंग्सहेड र फ्रेडरिक रेडलिच को अनुसन्धान गरिबी, सामाजिक असमानतामा आधारित छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!