महिनावारी स्वक्षता

महिनावारीः २४ घण्टामा कति पटक प्याड परिवर्तन गर्नुपर्छ?


डाक्टर र अनुसन्धान कर्ताहरू भन्छन् कि सेनेटरी प्याड (sanitary Pad) परिवर्तन गर्ने समय महिनावारीमा हुने रगतको प्रवाहमा निर्भर गर्छ । धेरै रगत बग्ने महिलाहरूले प्रत्येक चार घण्टामा प्याड परिवर्तन गर्नु आवश्यक हुन्छ ।

महिनावारी (Menstrual Period) का बेला महिलाले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । कतिपय महिलाले लामो समय सम्म एउटै प्याड लगाएर बस्छन्, जसले क्यान्सरको जोखिम पनि बढाउँछ ।

अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन्स एण्ड गाइनोलोजिस्ट (American College of Obstetricians and Gynecologists) को अनुसार महिनावारीको समयमा महिलाले हरेक चार देखि आठ घण्टामा प्याड परिवर्तन गर्नुपर्छ ।

यद्यपि, यदि तपाई को महिनावारी सामान्य छ र रक्तस्राव (Bleeding) सीमा भित्र छ भने, २४ घण्टामा तीन पटक मात्र प्याड परिवर्तन गर्दा पनि हुन्छ ।

महिनावारीको समयमा प्याड परिवर्तन गर्नु धेरै महत्वपूर्ण छ, किनभने महिनावारीको समयमा शरीर खराब ब्याक्टेरियाको सम्पर्कमा रहन्छ । महिनावारीको समयमा योनि सङ्क्रमणको जोखिम समेत बढ्छ । यस्तो अवस्थामा हरेक चारदेखि ८ घण्टामा प्याड परिवर्तन गर्नुहुन्छ भने यसले योनीमा चिलाउने, जलन हुने, दुर्गन्ध आउने जस्ता समस्याबाट राहत मिल्छ । (स्त्री तथा प्रसूति रोग विशेषज्ञ द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!