अनुसन्धान

‘एन्टी–एजिंग डाइटः मात्र ८ सातामा यो आहारले तपाईँ को बढ्दो उमेर रोक्न सक्छ’


एन्टी एजिङ डाइटः एक अनुसन्धानले देखाएको छ कि यदि तपाईँ ले आठ हप्ता सम्म लगातार शाकाहारी (भिगन)  खाना खानु भयो भने यसले जैविक (वायोलोजिकल) उमेर घटाउन मद्दत गर्न सक्छ । जैविक उमेर थाहा पाउँदा मधुमेह वा डिमेन्सियाको जोखिम बुझ्न मद्दत गर्न सक्छ ।

बीएमसी मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धानले जैविक उमेरमा देखिएको कमी डीएनए मिथाइलेसनको स्तरमा आधारित रहेको देखाएको छ ।

यो डीएनए को एक प्रकारको रासायनिक परिमार्जन (मोडिफिकेसन) हो, जसले जिन अभिव्यक्तिलाई परिवर्तन गर्छ, यद्यपि डीएनए मा कुनै परिवर्तन हुँदैन ।

यस अनुसन्धानमा २१ वयस्क समान जुम्ल्याहाको अध्ययन गरिएको थियो । जसमा केही दिनसम्म शाकाहार अपनाएमा हुने असरको जाँच गरिएको थियो । टोलीले प्रत्येक जुम्ल्याहा मध्ये एक जनालाई आठ हप्तासम्म सर्वाहार खान भनियो, जसमा प्रतिदिन १७० देखि २२५ ग्राम मासु, एउटा अण्डा र डेढ सर्भिङ्ग डेरी उत्पादनहरू समावेश थिए । जबकी, उनका अर्को जुम्ल्याहा लाई यस अवधिमा मात्र शाकाहारी खाना खान भनिएको थियो ।

टोलीले पत्ता लगाए कि शाकाहार भोजनको अभ्यास गर्ने सहभागीहरूमा अनुमानित जैविक उमेरमा कमी देखियो, जसलाई एपिजेनेटिक एजिङ क्लक को रुपमा जानिन्छ । यसको विपरीत, सर्वाहारी खानेहरूमा यो कमी देखिएन ।

शाकाहारी भोजन लिने व्यक्तिमा मुटु, हर्मोन, कलेजो, सुन्याइ र मेटाबोलिक प्रणालीको उमेरमा पनि कमी देखिएको थियो । क्यालोरी सेवनमा भिन्नताका कारण, तिनिहरूले सर्वाहार लिने हरूको दाँजोमा दुई किलोग्राम बढी तौल कम गरे ।

टोलीले निष्कर्ष अस्पष्ट रहेको बताएको छ । यसका लागि उनीहरूले आहारको संरचना, तौल र बढ्दो उमेर बीचको सम्बन्धहरूको जाँचको लागि थप अनुसन्धान गर्नुपर्ने मा जोड दिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!