अनुसन्धान

‘कुनै पनि मात्रामा रक्सी पिउनु सुरक्षित छैन’

मध्यम स्तरमा मदिरा सेवन र लामो जीवन बीच कुनै सम्बन्ध भेटिएन


पहिलेका अनुसन्धानहरूमा मानिन्थ्यो की दिनहुँ एक पेग मदिरा सेवन गर्नु स्वास्थ्यको लागि फाइदा जनक हो, यो वर्षौं देखीको गलत वैज्ञानिक अनुसन्धानमा आधारित थियो । बिहीवार गरिएको एक अध्ययनमा यो कुरा बाहिर आएको हो ।

क्यानेडाको भिक्टोरिया विश्वविद्यालयका अनुसन्धान कर्ता टिम स्टकवेलले रक्सी पिउने कुनै पनि स्तर पूर्ण रूपमा ‘सुरक्षित’ नभएको बताए ।

यस सम्बन्धमा अनुसन्धान जर्नल अफ स्टडिज अन अल्कोहल एण्ड ड्रग्समा प्रकाशित भएको छ । नयाँ अध्ययनले पहिलेका अध्ययनहरूलाई खण्डन गर्दछ, जसमा भनिएको छ की मध्यम मात्रामा पिउने हरू लामो समय सम्म बाँच्छन् र उनीहरूमा नपिउनेहरूको दाँजोमा मुटु रोगको जोखिम कम हुन्छ ।

मुख्य मुद्दा यो हो कि यी अध्ययनहरूमा प्रायः वृद्ध मानिसहरूलाई समावेश गरिन्छ, तर तिनिहरूको जीवन कालमा मदिरा पिउने बानीलाई ध्यानमा राखिँदैन । नतिजाको रूपमा, मध्यम मात्रामा मदिरा पिउनहरूको तुलना ‘नसेडी’ अर्थात् अम्मली समूह सँग तुलना गरिन्छ, जसमा स्वास्थ्य समस्याहरूको कारणले पिउन छोड्ने व्यक्तिहरू पनि समावेश हुन सक्छन् । यसले गर्दा मध्यम मात्रामा रक्सी पिउने व्यक्तिहरू तुलनात्मक रूपमा स्वस्थ देखिन्छन् ।

स्टकवेल र उनको टोलीले १०७ अध्ययनहरूको समीक्षा गर्यो जसमा मदिरा पिउने बानी र दीर्घायु बीचको सम्बन्धको जाँच गरिएको थियो । सुरुवातमा तथ्याङ्क मा सुझाव दिइयो की अध्ययन अवधिमा कम रक्सी पिउनेहरूमा रक्सी नपिउनेहरूको तुलनामा मर्ने जोखिम १४ प्रतिशत कम थियो । यद्यपि, नजिकबाट जाँच गर्दा यो धारणा परिवर्तन भयो ।

अध्ययनहरूमा युवा सहभागीहरू (५५ वर्ष मुनिका) र कहिले काहीं मदिरा पिउनेहरूलाई मद्यपान नगर्ने वर्गबाट बाहिर राखियो । यसमा मध्यम स्तरमा मदिरा पिउने र लामो जीवनको बीचमा कुनै सम्बन्ध फेला परेन ।

पहिले यो कम–गुणस्तरका अध्ययनहरू थिए, जसमा मध्यम स्तरमा मदिरा पान गर्ने र दीर्घायु बीच सकारात्मक सम्बन्ध देखाइएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!