वीर अस्पतालको १३५ औं वार्षिकोत्सव

‘वीरमा जहिले पनि बजेट अभाव, अस्पतालको पूर्ण वित्तिय दायित्व सरकारले लिनु पर्छ’


काठमाडौं– सरकारले वीर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्दै यसको वित्तीय दायित्व पूर्ण रुपमा लिनुपर्ने विज्ञहरूले बताएका छन ।

वीर अस्पतालको १३५ औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित समारोहमा निर्देशक डा.सन्तोष पौडेलले भने–‘वीरको सञ्चालन खर्च सरकारले दिने हो की बिरामी वाट लिने हो यसको मोडालिटी स्पष्ट हुनु पर्छ ।’

आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट ९३ करोड वीरलाइ निकासा भएको रकम मध्ये ८९ करोड रुपियाँ खर्च भएको हो । यस्तै अस्पतालको आन्तरिक स्रोत मुख्य रुपमा विभिन्न सेवा प्रवाह मार्फत प्राप्त आम्दानी ७३ करोड मध्ये करिब ७२ करोड रुपियाँ खर्च भएको छ ।

सरकार वाट बजेटमा भारी कटौती भएकोले अघिल्लो ६ महिना अस्पताल चलाउन साह्रै घौं–धौं परेको औंल्याउदै डा.पौडेलले भने–‘सरकारले यसको वित्तिय दायित्व पुर्न रुपमा लिनु पर्छ, नत्र अस्पतालको सेवा शुल्कबाट बजेट व्यवस्थापन गर्नु पर्दा आम सर्वसाधारण लाई थप आर्थिक भार पर्न जान्छ ।’

वीरमा वर्षेनी सेवाग्राहीको सङ्ख्या बढ्दो छ । तर समयानुकूल आफ्नो सेवालाई परिष्कृत गर्दै लैजानु पर्ने चुनौती समेत अस्पताललाई थपिदै गएको छ ।

वीरमा जहिले पनि बजेट अभाव हुने गरेको दुखेसो पोख्दै डा.पौडेलले अस्पतालमा विशेषज्ञ जनशक्तिको अभाव बिच जनशक्ति व्यवस्थापन पछिल्लो समय जटिल चुनौतीको रुपमा देखिएको जनाए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का शिक्षाध्यक्ष डा.लोचन कार्कीले एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालन तर्फ अगाडि बढिएको बताए ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा वीरको १३५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । वीर अस्पतालबाट विकसित भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हाल १ हजार १ सय ६० बेड क्षमतामा पुगेको छ ।

यो वर्ष भएको सेवा प्रवाह 

वीर अस्पतालको बहिरङ्ग सेवा वाट आर्थिक वर्ष २०८०/८१ मा ६ लाख १९ हजार ७ सय ५९ जनाले सेवा लिएका छन । यस्तै अस्पतालको आकस्मिक सेवा ३५ हजार १ सय ३२ जना, अन्तरङ्ग सेवा २० हजार ४५ जनाले र शल्य क्रिया सेवा २२ हजार ३ सय ९२ पटक लिइएको छ ।

निदानात्मक सेवाहरू अन्तर्गत प्रयोगशाला परीक्षण ७ लाख ३४ हजार ६ सय ५९ वटा गरिएको छ । यस्तै सिटी स्क्यान १६ हजार ७१ वटा, एमआरआई ७ हजार ८ सय २ वटा, अल्ट्रासाउण्ड ५७ हजार ४ सय ५७ जना, इन्डोस्कोपी ६ हजार ६ सय १० जना र कोलोनोस्कोपी १ हजार ८ सय ७६ जनाको गरिएको छ ।

यस्तै मुटुको विभिन्न परिक्षण उपचार प्रकृया अन्तर्गत इको १६ हजार २ सय ९७, कोरोनरी एन्जियोप्लाष्टी ६६, कोरोनरी एन्जियोग्राफी ३ सय २७ वटा गरिएको छ ।

यति मात्र नभइ गत आर्थिक वर्ष मा २४ जनाको मृगौला प्रत्यारोपण गरिएको छ भने १७ हजार ३ सय ३२ सेसन हेमोडाइलाइसिस सेवा दिइएको छ । यस्तै १ सय २० जना लाई रेडियोथेरापी सेवा र ४ सय ३८ जना लाई मेमोग्राफी सेवा समेत प्रदान गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!