‘नेपालको स्नायु शल्य चिकित्सा रोबोटिक युगमा ?’

‘स्नायु शल्य चिकित्सामा, नेपालको स्तरको रोबोट भारतमा छैनः डा.बसन्त पन्त’


काठमाडौं – नेपालका वरिष्ठ न्युरो सर्जन (स्नायु शल्यचिकित्सक) डा. बसन्त पन्त ले गर्व साथ भने, ‘यो लेभल (स्तर) को रोबोट भारतमा छैन ।’

अन्नपूर्ण न्युरो हस्पिटलले चीनबाट भित्राएको न्युरो रोबोटिक सेट, रेमीबोटको सहयोगले स्नायु (नर्भ) सग सम्बन्धित शल्यक्रियाहरू सुरु गरेको जानकारी दिदै डा. पन्तले उक्त कुरा बताएका हुन ।

चिन वाट यो न्युरो रोबोटिक सेट भित्राउने नेपाल दोश्रो मुलुक हो । यस अघि कजाकिस्तानमा समेत न्युरो रोबोटिक सेट उपयोग भइ रहेको छ ।

अन्नपूर्णा न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाईड साइन्सका अध्यक्ष समेत रहेका डा.पन्तले भारतमा यो स्तरको रोबोट नभएको कुरालाई थप प्रस्ट्याउँदै भने–‘त्यहाँ (भारतमा) रोजा भन्ने रोबोट छ तर रोजाले रेमिबोट जस्तो डिबिएस (डिप ब्रेन स्टिमुलेसन), स्पाइन (मेरुदण्ड) मा उपयोग हुदैन ।’

डिप ब्रेन स्टिमुलेसन शल्यक्रिया को एउटा प्रकृया हो, जसमा मस्तिष्कको केही खण्डमा इलेक्ट्र्रोड लगाइन्छ । शल्यक्रिया को प्रकृयाको मद्दतले मस्तिष्कमा भइरहेको असामान्य विद्युतीय गतिविधि लाई रोकिने गरिन्छ, जो स्नायु सम्बन्धी (न्युरोलोजिकल) विकार को कारण बन्छ । जस्तै पार्किन्सन आदि रोगहरू । डिप ब्रेन स्टिमुलेसन शल्यक्रिया प्रकृया लाई ‘डिबिएस’ समेत भनिन्छ ।

‘मस्तिष्कको गहिरो भागमा पुगेर डिबिएस गर्नु गाह्रो हो तर रोवोटले यो काम सहजै सटिकता साथ अत्यन्त न्यून समयमा हुन्छ’, डा.पन्तले बताए ।

अन्नपूर्णमा उपयोग हुन थालेको रोबोट, रेमबोट को तेस्रो पुस्ता हो । यो टार्गेटिङ्ग रोवोट हो । यसले शल्य चिकित्सकलाई लक्ष्य सम्म छिटो, सटिकता साथ, सानो घाउ गरेर पुर्याउँछ ।

बिरामीलाई राम्रो बनाउन जनशक्तिको दक्षता सँगै प्रविधिको पनि त्यतिकै हात रहेको जनाउदै डा. पन्तले भने – ‘प्रविधिलाई अगाडि ल्याउनै पर्छ उपचारको रिजल्ट (नतिजा) मा प्रविधि (टेक्नोलोजी) ले धेरै डिफरेन्स (फरक) पार्छ ।’

यो रोबोटको खुबी टाउको र मेरुदण्ड (स्पाइन) दुवैमा काम गर्ने हो । रेमबोट टार्गेटिङ्ग अर्थात् लक्ष्य भेदी रोबोट हो । स्नायु शल्यचिकित्सकले बिरामीको शरीरमा निर्धारण गरेको लक्ष्य सम्म यसले अत्यन्त सानो घाउ पारेर, ठिक ठाउमा र छिटो पुर्‍याउँछ ।

शरीरको केही अङ्ग यस्ता छन् जहा पुग्न धेरै मुस्किल र खतरनाक हुन्छ । यसै अन्तर्गत मस्तिष्क, मेरुदण्ड (स्पाइन) समेत हो । उसो रोबोटको सहयोगले गरिने शल्यक्रिया मा यी अङ्गहरू सम्म सजिलै पुग्न सकिन्छ ।

‘स्नायु शल्य चिकित्सकले शल्यक्रिया प्रकृयाको लागि मस्तिष्क लगायतका भागमा कहाँ जाने हो, कति गहिरो सम्म जाने हो, यो रोबोटले सजिलै सटिक ठाउमा पुर्याउछ’, डा.बन्तले भने ।

डा.पन्तले अगाडी थपे–‘शल्यक्रिया अन्तर्गत मस्तिष्कमा २४ वटा, १२ वटा इलेक्ट्र्रोड राख्नुपर्ने हुन्छ । परम्परागत फ्रकृयाले दुई दिन सम्म लाग्छ । यसको सहयोगले आधि घन्टा जतिमा सक्छौं ।’

रोबोटको माध्यमले गरिने शल्यक्रियामा कट (काटेको स्थान) धेरै सानो हुन्छ । यसैले गर्दा शल्यक्रियाको चिनो शरीरमा धेरै सानो देखिन्छ । यति मात्र नभइ डाक्टरद्वारा गरिने शल्यक्रियाको दाँजोमा रोबोटको सहयोगले गरिने शल्यक्रिया धेरै छिटो निको हुनुको साथै रगतको क्षति पनि धेरै कम हुन्छ ।

‘रोवोटको उपयोगले दुई, अढाई घन्टा लाग्ने स्नायु शल्यक्रियाको समयलाइ आधा भन्दा बढी घटाउछ’, अन्नपुर्ण न्युरो अस्पताल कै फंग्सनल न्युरो सर्जन डा.रेशा श्रेष्ठ भन्छिन–‘ यसले शल्यक्रियाको शुद्घता (एक्यिुरेसी) बढाउन सघाउछ ।’

एक दशकमा अन्नपुर्णमा १ सय ८० वटा फंग्सनल न्युरो सर्जरी भएको छ भने रोवोटको आगमन पछि आफूहरू थप बढी विश्वस्त भएको समेत उनि बताउँछिन् ।

डा.पन्त नेपालको स्नायु शल्यचिकित्सा रोबोटिक युगमा प्रवेश गरिरहेको मा विश्वस्त छन् । हाल उपयोग गर्न थालिएको अत्याधुनिक प्रविधिहरूले नेपालको न्युरो सर्जरी (स्नायु शल्यचिकित्सा) लाई रोबोटिक युगमा प्रवेश गराउँदैछ ।

तर यति विश्वस्त हुँदा हुँदै पनि उनि (डा.पन्त) रोबोटिक सर्जरी वारे थप चिरफार गर्न एउटा अध्ययन गर्ने योजना समेत बनाइ सकेका छन् । यस अन्तर्गत कम्तीमा ५ वटा केस फ्रेम मा र ५ वटा केस रोबोटको सहयोगले गर्ने उनको योजना छ । यस अध्ययनबाट प्राप्त तथ्याङ्क, जानकारी आदि लाई केही महिना मै भारतमा हुने स्नायु शल्यक्रिया सम्बन्धी सम्मेलनमा प्रस्तुत गरिनेछ । यसले नेपालको स्नायु शल्यक्रियालाई अन्तर्राष्टिय स्तरमा पहिचान सँगै भारत सँग दाँज्न र आफू हामी कहाँ छौं भन्ने पहिचान गर्न समेत सहजता हुनेछ।

‘हामी चिन वा अमेरिकाको तथ्याङ्क मै भर पर्नु पर्ने जरूरी त छैन नी’, डा.पन्त ले भने–‘मस्तिष्कको फ्रेम र रोबोटको सहयोगले गर्ने सर्जरी को तुलनात्मक अध्ययन वारे हामी गर्न गइ रहेको अनुसन्धान ले राम्रो नतिजा देखाए, विस्तारै हामी फ्रेमको सट्टा रोबोटको सहयोगले गरिने शल्यक्रिया मै बढी भर पर्ने छौं ।’

हाल सम्म रोबोटको सहयोगले तीनवटा शल्यक्रिया अस्पतालमा भइ सकेको छ । यस अन्तर्गत ६५ वर्षीय एक व्यक्तिको ब्रेन टयुमरको शल्यक्रिया गर्न रोबोटले नेभिगेसन गरेर मस्तिष्कमा जुन ठाउँ मा टयुमर थियो, त्यही शल्यक्रियाको लागि खोलिएको थियो । यस्तै घाटी बाङ्गो भएको र लेख्न गार्हो भएको एक व्यक्ति र ९ वर्षे छारे रोग भएको बच्चा को शल्यक्रिया मा समेत रोबोट को सहयोग लिइएको थियो ।

प्रविधि र प्रविधिहरूमा हुँदै गरेको प्रगतिको साथ, न्यूरोसर्जरी निरन्तर विकसित हुनुको साथै बिरामीहरूलाई नयाँ प्रभावकारी उपचार विकल्पहरू प्रदान गर्दै रहेको जनाउँदै डा.पन्तले भने–‘अब हामी गर्व साथ भन्न सक्छौं, नेपालको स्नायु शल्यक्रिया रोबोटिक युगमा प्रवेश गर्यो ।’

स्नायु शल्य चिकित्सा शल्य क्रियाको एक विशेषता हो जसमा मस्तिष्क, मेरुदण्ड र परिधिय तंत्रिका विकारहरूको शल्य चिकित्सा उपचार समावेश छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!