विशेष पोलियो खोप अभियान

सरकारले किन सुरु गर्यो विशेष पोलियो खोप अभियान?


काठमाडौं – सरकारले बुधवार देखि चार दिन सम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पोलियो विरुद्ध को विशेष खोप अभियान सुरु गरेको छ ।

काठमाडौंको टुकुचा बागमती संगम नजिक वाट सङ्कलन गरिएको ढलको नमुनामा भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप–३, अर्थात् सामान्य भाषामा भन्दा पोलियोको भाइरस भेटिए पछि स्वास्थ्य मन्त्रालयले उपत्यकामा बिसेक खोप अभियान सुरु गरेको हो । साउन ९ गते देखी १२ गते सम्म विशेष खोप अभियान सञ्चालन हुने छ ।

काठमाडौं उपत्यका को तिन वटै जिल्लामा सुरु गरिएको उक्त अभियान ले ढलमा देखिएको भाइरसबाट सम्भावित सङ्क्रमणको जोखिम कम गर्न सघाउने छ’, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम ले भने– ‘यति मात्र नभइ बालबालिकामा पोलियो विरुद्ध को प्रतिरोधक क्षमतालाई थप बढाउने छ ।’

पोलियो रोगको विरुद्ध मुखबाट दिइने (ओरल पोलियो भ्याक्सिन/ओपिभी) खोप मा रहेको भाइरस, सेवन कर्ता शिशुको आन्द्रामा पुगेर बृद्घि भइ पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता हासिल हुन्छ । तर कहिलेकाहीँ आन्द्रामा पुगेर पोलियो को भाइरस बृद्घि हुने क्रममा आनुवंशिक स्वरूप परिवर्तनले गर्दा पोलियो रोगको सङ्क्रमण उत्पन्न गर्न सक्ने भाइरसको रूपमा विकसित हुने सम्भावना समेत रहन्छ ।

हाल ढलमा देखिएको पोलियो को भाइरसको न्युक्लियोटाइडमा ११ पटक परिवर्तन भएको छ । यस्तो स्थितिमा यो भाइरस अरूमा रोग सार्न सक्छ ।

यस्ता भाइरस खोप कभरेज कम भएको समुदायमा फैलिन सक्ने भएकोले ‘शिशुको दिसाको माध्यमले ढलमा देखिएको पोलियो भाइरस’, वाट हुन सक्ने सङ्क्रमण वाट जोगाउन उपत्यकाको तीनै जिल्लामा खोप अभियान सुरु गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओं) को अनुसार पोलियो (पोलियोमाइलाइटिस) एक अत्यधिक सङ्क्रामक भाइरल रोग हो जसले ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई धेरै हदसम्म असर गर्छ । पोलियो भाइरस सङ्क्रमित व्यक्तिहरू (सामान्यतया बालबालिका) को दिशाबाट फैलिन्छ । विशेष गरी कमजोर स्वक्षता र सरसफाइ भएको ठाउँमा यो छिट्टै फैलिन्छ ।

यो भाइरस मुख्य रूपमा ‘मल–मौखिक मार्ग’ वाट वा दूषित पानी वा खाना को माध्यमले एक व्यक्ति वाट अर्को मा फैलिन्छ । र आन्द्रामा आफ्नो सङ्ख्यामा बृद्घि गर्छ, जहाँबाट यसले स्नायु प्रणाली मा आक्रमण गर्न सक्छ र पक्षाघातको कारण बन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सन २०१७ देखि नियमित रूपमा काठमाडौंको ढलहरूबाट नमुना लिएर त्यसमा पोलियो भाइरसको अवस्थाबारे परीक्षण गर्दै आएको छ । प्रयोगशालाले सुरु देखि अहिले सम्म गरी ७ सय ५० वटा नमुना सङ्कलन गरेर परीक्षण गरेकोमा हाल एउटा नमुनामा पोलियो भाइरस देखिएको हो ।

उपत्यकामा ५ ठाउँ वाट सन २०१७ देखि र विराटनगर, जनकपुर, पोखरा वाट गत वर्ष देखि ढलको नमुना जाँच गर्ने गरिएको छ । उपत्यकाको गुहेश्वरी, मनहरा र बागमतीको संगम, धोबी खोला बागमती मिल्ने ठाउँ, टुकुचा र बागमती मिल्ने ठाउँ, शोभा भगवतीको किनारा विष्णुमती वाट नमुना सङ्कलन गरिन्छ ।

‘११ पटक उत्परिवर्तन (म्युटेसन) भएको पोलियो भाइरस पहिलो पटक ढलमा देखिएको ले यस पटक हामी लाइ बढी सजग हुनु परेको हो’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रंजन राज भट्टले भने–‘ढलमा ओपीभी पोलियो भाइरस सामान्यतया पाइन्छ तर ११ पटक म्युटेसन भएको भाइरस पहिलो पटक देखिएको हो ।’

स्वास्थ्य मन्त्रालयले यो अभियानमा कसैले पनि खोप लगाउनवाट छुटनु नहुने जनाएको छ । ‘पोलियो विरुद्घ नियमित खोप लगाएका भए पनि यो अतिरिक्त मात्रा भएकोले सबै बच्चा लाइ अनिवार्य रूप मा दिनु पर्छ, एक जना शिशु पनि छुट्नु हुन्न’, डा.गौतमले भने –‘उपत्यकाका जन्म देखी ५ वर्ष मुनीका सबै बच्चा ले खोप पाउनै पर्यो ।’ स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा हाल कुनै पनि व्यक्तिमा पोलियो भाइरस सङ्क्रमणको पुष्टि भएको छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!