अमिताभ बच्चन दोश्रो पटक कोरोना पोजेटिभ

काठमाडौँ– बलिउड मेगास्टार अमिताभ बच्चनलाइ कोरोना संक्रमण भएको छ । यसको जानकारी ७९ वर्षीय प्रख्यात बलिउड अभिनेता बच्चन ले सामाजिक सञ्जालमा आफनो फ्यान हरू लाई दिएका छन ।
उनी दोश्रो पटक कोरोना भाइरस को संक्रमण मा परेका हुन । उसो हाल सम्म उनी अस्पतालमा भर्ना भएको वा घर मै रहेर उपचार गराइ रहेको बारे केही सार्वजनिक भएको छैन ।
अमिताभ बच्चनले मंगलबार राती ट्विटरमा लेखेका छन्, ‘म मात्र केही समय पहिले कोरोना पोजेटिभ भएको हु । जो पनि मेरो सम्पर्कमा आएका छन , प्लीज आफूलाई टेष्ट गराउनुस् ।’
अमिताभ बच्चन आज कल हिन्दी टेलिभिजनको क्विज शो ‘कौन बनेगा करोडपती १४’, लाई होस्ट गरिरहेका छन । उनको यो शो नेपालमा समेत चर्चित छ ।
प्रतिक्रिया दिनुहोस