अनुसन्धान

के मोटोपनाले कम शुक्राणु निर्माण हुन्छ? अनुसन्धानमा चकित पार्ने खुलासा


एक नयाँ अध्ययन अनुसार, मोटो पनले मस्तिष्क स्वास्थ्य (Brain Health) मा दीर्घकालीन परिवर्तनहरू निम्त्याउँछ जसले शुक्राणु (Sperm ) को सङ्ख्यामा कमी ल्याउँछ । यो अध्ययन मुसाहरूमा गरिएको थियो, जसलाई मानिसमा मोटो पन (obesity) को नक्कल गर्न उच्च बोसो युक्त आहारमा राखिएको थियो ।

क्यालिफोर्निया विश्वविद्यालय रिभरसाइडमा अनुसन्धान कर्ताहरूले गरेको अध्ययनले उच्च बोसो युक्त आहारमा पालिएका मुसाको मस्तिष्कमा न्यूरोन्स (Neurons) को बीचमा कम कनेक्सन र कम रिसेप्टर (Receptors ) हरू हुन्छन्, जसले सामान्यतया मस्तिष्कलाई पर्याप्त ऊर्जा उपलब्ध रहेको र खान बन्द गर्न संकेत दिन्छ । यो अध्ययन जर्नल अफ न्युरोसाइन्समा प्रकाशित भएको छ ।

बायो मेडिकल विज्ञानका प्राध्यापक र अध्ययनका प्रमुख लेखक जुर्दजिका कासले भने–‘यसले हामीले आफ्नो क्यालोरीको सेवन किन घटाउँदैन भनेर व्याख्या गर्न सक्छ।’

कासले भने कि प्रजनन कार्यलाई हाइपोथ्यालेमस–पिट्यूटरी–गोनाडल अक्ष द्वारा नियन्त्रित गरिन्छ, जुन मोटोपनाले बाधित हुन्छ, र यसले मुख्यतया अण्डकोष (Testicles) वा पिट्यूटरी (Pituitary) लाई नभइ मस्तिष्क (Brain) लाई प्रभावित गर्छ । मोटोपनमा पिट्यूटरीबाट हर्मोनको स्तर कम हुन्छ जसले गर्दा टेस्टोस्टेरोन (Testosterone) र शुक्राणु उत्पादनमा कमी आउँछ ।

अनुसन्धानले पत्ता लगायो कि उच्च बोसो (High fat) युक्त आहारमा पालिएका मुसाहरूमा मानव प्रणाली जस्तै प्रजनन नियन्त्रण गर्ने न्यूरोन्समा कम सिनेप्टिक कनेक्सन हुन्छ । मोटो पन र स्वास्थ्य समस्या मोटो पनले विश्व भर लाखौँ मानिसहरूलाई प्रभावित पार्छ र मुटु रोग, टाइप २ मधुमेह जस्ता स्वास्थ्य समस्याहरूसँग जोडिएकोछ।

यस अध्ययनले मोटो पनाको गम्भीर प्रभावहरू बुझ्न मद्दत गर्दछ । अध्ययनले सुझाव दिन्छ कि मोटो पनले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यलाई पनि असर गर्छ, जसको परिणाम स्वरूप प्रजनन कार्यमा पनि बाधा उत्पन्न हुन्छ ।

अनुसन्धान कर्ताहरू विश्वास गर्छन् कि यस अध्ययनको नतिजाले मस्तिष्कमा मोटो पना र प्रजनन कार्य बीचको सम्बन्धलाई अझ राम्रो सँग बुझ्न मद्दत गर्नेछ । यसले भविष्यमा मोटो पन सँग सम्बन्धी समस्याहरूको समाधान र उपचारको लागि नयाँ बाटो खोल्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!