‘केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापिङ’, कैदीको मानसिक स्वास्थ्य परीक्षण’

काठमाडौं – केन्द्रीय कारागार अस्पतालमा इलेक्ट्रो इन्सेफलोग्राफी (ईईजी) सेवा शुरु भएको छ । यो उपकरणले सामान्यतया मस्तिष्कको तरङ्ग हरुको मापन अर्थात् ब्रेन म्यापिङ गरिन्छ । हाल सातामा १०–१५ कैदी बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षणमा यो उपकरण यो उपकरण प्रयोग भइ रहेको छ ।
केन्द्रीय कारागार अस्पतालमा ईईजी क्याप को उपयोग नेपालमै पहिलो प्रयोगका रूपमा रहेको दाबी गरिएको छ । उक्त सेवा शुरु गर्दै केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अस्पतालको सेवाग्राही कैदी बन्दी, थुनुवा आदीको न्याय सम्पादन, स्वास्थ्य उपचारमा सहयोग गर्न ब्रेन म्यापिङ शुरु गरिएको बताए।
डा.बुढाथोकीले अपराधीक प्रवृत्ति, अपराध र अपराधीको सम्बन्ध केलाएर ती अपराधीक घटना हुनबाट जोगाउनु, समाजको र देशको आवश्यकता रहेको बताए । उनले नगाडी थपे, अपराधीक प्रवृत्ति मनुष्यको मनस्थिति र मानसिक स्वास्थ्य एक अर्का सँग गहिरो रूपमा सम्बन्धित हुने भएकोले मनुष्यको मानसिक स्थिति र आवेगले घटनाहरू हुने गर्छ । उक्त घटनालाई विभिन्न वातावरणले व्यक्तित्वमा र व्यक्तिको स्वभावमा प्रभाव पार्ने हुन्छन् । तसर्थ स्वास्थ्य समस्याको निदान, उपचार तथा न्याय सम्पादनमा सहयोग पुर्याउन ब्रेन म्यापिङ सेवा प्रभावकारी बन्न सक्ने समेत डा.बुढाथोकीले जनाए ।
के हो ईईजी र यसको ब्रेन म्यापिङ सँगको सम्बन्ध
सामान्य रूपले भन्दा इलेक्ट्र्रो इन्सेफलोग्राफी (ईईजी) उपकरणले मस्तिष्क को तरङ्ग हरुलाई व्यक्त गर्छ । जस्तो की साधारण तया इसीजी ले मुटुको तरङ्ग व्यक्त गरेको समाज मा बुझ्ने गरिएको छ । यसरी ईईजी द्वारा व्यक्त भएका तरङ्ग मानव मस्तिष्कका सोच तथा अरू प्रतिक्रियाहरूका समिश्रित स्वस्थ हुन् ।
यस अर्थमा भन्नु पर्दा ब्रेन म्यापिङ मा प्रयोग गर्दा उत्पन्न हुने तरङ्ग का प्रकृति र प्रवृत्तिले त्यो व्यक्तिको मस्तिष्कको विभिन्न भागका क्रिया प्रतिक्रियालाई तरङ्ग कै रुपमा देखाउन सक्छ । अस्ति को व्यक्तिको स्मृति प्रक्रिया, सोच्ने प्रक्रिया जसले कानले सुन्दा र आँखाले केही देख्दैन हुने प्रक्रिया आदि ईईजीले पहिल्याउन सक्छ ।
अपराध, अपराधीक प्रवृत्ति र अपराध रोकथामको अध्ययनमा ईईजी लाई प्रयोग गर्दा यो क्षेत्रमा कोसे ढुङ्गा नै मान्नुपर्ने केन्द्रीय कारागार अस्पतालका डा.बुढाथोकी र मानसिक विभागका प्रमुख कन्सल्टेन्ट डा. कन्चन दाहालले बताए ।
हाल केन्द्रीय कारागार अस्पतालको उपकरणमाईईजीक्याप को प्रयोग गरिन्छ जुन नेपालमै पहिलो प्रयोगका रूपमा रहेको छ । कारागारमा रहेका विभिन्न प्रकारका मानसिक रोग लागका व्यक्तिको निदान गर्न मदतपुर्याउँछर उनका उपचार प्रणालीमा चुस्तता थप्ने काम गर्छ ।
प्रतिक्रिया दिनुहोस