काठमाडौं को ढलमा पोलियो को परिवर्तित भाइरस देखियो


काठमाडौं –राजधानी को ढलमा पोलियो को परिवर्तित भाइरस देखिएको छ । भ्याक्सिन डिराईभ्ड पोलियो भाइरस टाइप –३ नेपाल मा देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिमान गौतम ले शुक्रवार उक्त जानकारी दिएका हुन । उनको अनुसार वातावरणीय निगरानी को क्रममा काठमाडौं –११ को टुकुचा खोला र बागमती नदी को संगम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो भाइरस देखिएको हो ।

उक्त नमुना गत जेठ १३ गते सङ्कलन गरिएको थियो भने प्रयोगशाला परीक्षण को नतिजा असार २९ गते प्राप्त भएको हो । प्रयोगशाला परीक्षण को नतिजा अनुसार उक्त पोलियो भाइरस, पोलियो खोप वाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । तर उक्त ठाउँ बाटै फेरी जेठ २२ गते सङ्कलन गरिएको नमुनामा भने पोलियो भाइरस देखिएको थिएन ।

‘पोलियो मुक्त मुलुक घोषणा भएको एक दशक पछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय हो’, डा. गौतमले भने ।

मुलुकको ढल वाट नमुना सङ्कलन गरेर वातावरणीय निगरानी गर्ने काम सन २०१७ देखि शुरु भएको हो । काठमाडौं उपत्यकाको विभिन्न पाँच ठाउँ वाट महिनामा दुई पटक र उपत्यका बाहिर पोखरा, जनकपुर, विराटनगरको एकएक ठाउँ बाट महिनाको एक पटक नमुना सङ्कलन गर्ने गरिएको डा. गौतमले बताए ।

पोलियो रोग पोलियोको विषाणु वाट दूषित खाना र पानी वाट एक व्यक्तिबाट अर्कोमा सर्छ । यो रोग वाट पक्षाघात देखिने र जीवन भरि अपाङ्गता हुन्छ । यसबाट मृत्यु समेत हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!