अनुसन्धान

अनियमित निद्राले बढ्न सक्छ टाइप २ मधुमेहको जोखिम


एउटा नयाँ अध्ययन अनुसार एक साता सम्म को अनियमित निद्राले मध्यम उमेरका र वृद्ध व्यक्तिहरूमा टाइप २ मधुमेहको जोखिम ३४ प्रतिशतले बढाउन सक्छ।

यद्यपि, शोधकर्ताहरूले स्वीकार गरे कि सात दिनमा निद्रा अवधिको मूल्याङ्कन गर्दा दीर्घकालीन निन्द्राको ढाँचाहरू समात्न सकिँदैन। यसले टाइप २ मधुमेहको विकासको जोखिमलाई कम गर्न मद्दत गर्ने उनीहरूले बताए ।

डायबिटिज केयर जर्नलमा प्रकाशित अध्ययनका अनुसार लामो समय सम्म सुत्ने र मधुमेहको आनुवंशिक जोखिम कम भएकाहरू बीच यो सम्बन्ध बढी स्पष्ट छ।

अमेरिकाको ब्रिघम एण्ड वुमेन्स हस्पिटलका रिसर्च फेलो र अध्ययनका प्रमुख लेखक सिना केनर्सीले भनिन्– ‘हाम्रो निष्कर्षले टाइप २ मधुमेहलाई कम गर्ने रणनीतिको रूपमा निरन्तर निन्द्राको प्याटर्नको महत्वलाई स्पष्ट पार्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!