‘सुर्खेत, जाजरकोटमा स्थानीय उत्पादन आधारित विद्यालय दिवा खाजा कार्यक्रम’
८ सय भन्दा बढी विद्यालयमा अध्ययनरत ५ कक्षा सम्मका ९० हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने
काठमाडौं– कर्णाली प्रदेशको सुर्खेत र जाजरकोट जिल्लामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम बिहीवार देखि कार्यक्रमको औपचारिक रूपमा शुरु भएको छ ।
राजधानीमा आयोजित एक विशेष समारोहमा शिक्षा मन्त्रालयका सचिव, वर्ड फुड प्रोग्राम (डब्लुएफपी) का प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रोबर्ट कास्का र लायन्स इन्टरनेशनलका अध्यक्ष फान्निसियो ओलिभेराले उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।
यो अनुदानबाट कर्णाली प्रदेशको सुर्खेत र जाजरकोट जिल्लाका ८ सय भन्दा बढी विद्यालयमा अध्ययन रत ५ कक्षा सम्मका ९० हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ ।
नेपाल सहित चार देशमा सञ्चालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ), से संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को लागि ४ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् । यो अनुदानले नेपाल सरकारको पहलमा शुरु भएको विद्यालय दिवा खाजा कार्यक्रमलाई थप टेवा पुग्न विश्वास लिइएको छ ।
‘हरेक दिन, विश्वभरि करोडौँ मानिसहरू, विशेष गरी बालबालिकाहरू भोकमरीबाट पीडित छन्’, लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले भने, –‘विद्यालय दिवा खाजा कार्यक्रम आफैमा समुदायमा एक बहु आयामिक परिवर्तनको सूचकका रूपमा स्थापित भई सकेको छ । स्थानीय उत्पादन मा आधारित यसको अवधारणा र अभ्यास ले गर्दा स्थानीय कृषक तथा समुदाय लाभान्वित हुँदै आइरहेका छन् ।’
यो कार्यक्रम को उद्देश्य विद्यालय प्रति छात्र छात्राको आकर्षण बढाउन, विद्यार्थीहरूको पोषण को साथ साथै स्वास्थ्यमा सुधार ल्याउन लैङ्गिक समानता को लागि र स्थानीय उत्पादन र बजारी करण को सम्बाहकको भूमिका निर्वाह गर्नुहो।
नेपालमा, दिवा खाजा कार्यक्रमले दैनिक ३० लाख भन्दा बढी विद्यार्थीहरूलाई फाइदा पुर्याउँछ । डब्लुएफपी नेपालका देशीय निर्देशक रोबर्ट कास्काले भने,–‘स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम मार्फत, हामीले ‘आली देखि थाली सम्म’ ताजा पौष्टिक खाना मात्र नभई स्थानीय किसानहरूलाई समर्थन गर्दै सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गर्दैछौँ ।’
प्रतिक्रिया दिनुहोस