अनुसन्धान

कम वा बढी निन्द्राले बढ्छ मधुमेह रोगीको जोखिम


एक नयाँ अध्ययन अनुसार धेरै कम वा बढी निन्द्रा लिने टाइप २ मधुमेह पीडितमा माइक्रो भास्कुलर रोग वा ससाना रक्त नलीहरू क्षतिग्रस्त हुने जोखिम हुन सक्छ।

ससाना अथार्त सूक्ष्म रक्त नलीहरूमा क्षतिले मुटुको मांसपेशीमा अक्सिजन युक्त रगतको प्रवाहलाई बाधा पुर्याउँछ । जसका कारण भविष्यमा उनीहरूले गम्भीर जटिलताको सामना गर्नु पर्ने हुन सक्छ ।

डेनमार्कको ओडेन्स युनिभर्सिटी अस्पतालको अनुसन्धानले रेटिनोप्याथी र नेफ्रोप्याथी जस्ता माइक्रोभास्कुलर जटिलताहरू मधुमेह सम्बन्धी जटिलताहरूको प्रमुख कारकहरू रहेको देखाएको छ ।

अनुसन्धानको निचोड स्पेनमा युरोपियन एसोसिएसन फर द स्टडी अफ डायबिटिज (ईएएसडी) को सन २०२४ को वार्षिक बैठकमा प्रस्तुत गरिने छ ।

अनुसन्धान टोलीले अध्ययनमा ३९६ सहभागीहरूलाई समावेश गर्यो, जसको औसत उमेर ६२ वर्ष थियो र उनीहरू उच्च बडी मास इन्डेक्स (बीएमआई) र उच्च रक्तचापको औषधि खाइरहेका थिए ।

यी सहभागीहरू मध्ये, २८ प्रतिशत लामो निन्द्रा लिइ रहेका थिए, ६० प्रतिशत स्ट्यान्डर्ड (स्तरीय) निन्द्रा लिनेहरू थिए र १२ प्रतिशत कम निन्द्रा लिनेहरू थिए ।

कम निन्द्रा लिनेहरुमा ३८ प्रतिशत सूक्ष्म रक्त नली बिग्रने खतरा पाइएको थियो । त्यसैगरी, सामान्य निन्द्रा लिनेमा १८ प्रतिशत र लामो निन्द्रा लिनेमा ३१ प्रतिशत सूक्ष्म रक्त नली रोगको जोखिम रहेको पाइएको थियो ।

अर्थात्, सामान्य निन्द्रा लिनेहरूको तुलनामा कम निन्द्रा लिनेहरूमा यो जोखिम२.६गुणा बढी र धेरै निन्द्रा लिनेहरूमा२.३गुणा बढी रहेको पाइएको छ । ६२ वर्ष मुनिका मानिसहरूमा २३ प्रतिशत जोखिम थियो, र त्यो भन्दा माथिका उमेरहरूमा यो जोखिम ६ गुणा बढी थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!