गंगालालमा २० औ महाधमनी स्थानान्तरण शल्यक्रिया


काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा साढे दुई महिनाकी बालिकाको महा धमनी स्थानान्तरण शल्यक्रिया (आर्टेरियल स्विच सर्जरी) सफल भएको छ ।

महा धमनी स्थानान्तरण शल्यक्रिया सफल भएर घर जाने तयारीमा रहेकी उक्त बालिका बीसौं रहेको वाल मुटु रोग शल्य चिकित्सक डा. रबीन्द्र भक्त तिमलाले बताए ।

मुटु बाट निस्कने दुई मूल रगतका नलीहरू (एओर्टा र पल्मोनरी आट्र्रि) विपरीत कोष्ठ (भेन्ट्र्रिकल) बाट निस्केमा महा धमनी स्थानान्तरण शल्यक्रिया गरिन्छ । यो शल्यक्रिया मा धमनीहरू काटेर अर्को सँग जोडिन्छ । यसको साथै मुटुबाट निस्कने मुटुको आफ्नै रक्त नली (कोरोनरी आट्रि) पनि काटेर अर्को धमनी सँग जोडिन्छ । यस बाहेक मुटु भित्र रहेको प्वाल हरू समेत टाल्ने गरिन्छ।

ब्राजिलका शल्यचिकित्सक जटीनी द्वारा विश्वमा पहिलो पटक सन १९७५ मा यो शल्यक्रिया गरिएको थियो । नेपालको सन्दर्भमा भने गंगालाल अस्पताल मै डा.रबीन्द्र भक्त तिमलाको नेतृत्वमा वि.सं. २०६८ सालमा पहिलो पटक सफल महा धमनी स्थानान्तरण शल्यक्रिया सम्पन्न भएको थियो ।

डा. तिमलाका अनुसार महा धमनी स्थानान्तरण शल्यक्रिया बाट ९ दिने बालक देखी ७ वर्षीया बालिका सम्म गरी हालसम्म २० जना बाल बालिकाले स्वास्थ्य लाभ गरी घर फर्कि सकेका छन् ।

प्रायः जसो जन्मेको ७ दिन देखी एक दुई महीना भित्र गरिने उक्त शल्यक्रिया रोग पहिचानको अभावले समयमा अस्पताल नआउने र ढिलो गरी आउँदा मुटु र फोक्सोमा समस्या भई उचित उपचार बाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ । शल्यकृया र शल्यक्रिया पछिको हेरचाह समेत जटिल हुने भएको ले महा धमनी स्थानान्तरण प्रकृयालाई बाल मुटु रोग शल्यचिकित्सा सेवाको गुणस्तर मापनको कसी पनि मानिन्छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित रूपमा भइ रहेको महा धमनी स्थानान्तरण शल्यक्रियामा शुरु देखी नै पुर्न रूपमा नेपाली टोलीको संलग्नता रहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!