विद्यार्थी राजनीति देखी स्वास्थ्य मन्त्री सम्मको यात्रा

‘प्रदीप पौडेल बने स्वास्थ्य मन्त्री’


काठमाडौं– नेपाली काङ्ग्रेसका प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् । उनी काँग्रेस को शेखर गगन समूहका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री पौडेल लगायतका अन्य मन्त्रीहरूलाई सोमवार सपथ गराएका छन् । यस अघि राष्ट्रपतिले ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

विद्यार्थी राजनीति देखी स्वास्थ्य मन्त्री सम्मको यात्रा

काँग्रेस का केन्द्रीय समिति सदस्य समेत रहेका पौडेलले आफ्नो राजनीतिक जीवन अमृत क्याम्पस बाट नेपाल विद्यार्थी सङ्घ का नेताका रूपमा सुरु गरेका थिए । पौडेल सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । सन् २००० देखि २००२ सम्म पौडेलले नेपाल विद्यार्थी सङ्घ को केन्द्रीय समितिमा काम गरेका थिए । पौडेल सन् २००२ र २००७ को बीचमा तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष थिए, त्यसपछि उनले सन् २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी सङ्घको अध्यक्षको रूपमा काम गरेका थिए।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा प्रदीप पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ वाट १५ हजार २ सय ३७ मत प्राप्त गरी विजय भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!