अनुसन्धान

‘लामखुट्टेमा पाइने प्रोटिनले डेंगुबाट बाच्न सकिन्छ’


भविष्यमा लामखुट्टेमा पाइने प्रोटिनबाट डेंगुको उपचार गर्न सकिन्छ । यस सन्दर्भमा वैज्ञानिकहरूले ठूलो सफलता हासिल गरेका छन् । प्युपल क्युटिकल प्रोटिनले डेंगु भाइरस लाइ नियन्त्रण गर्न सहयोगी हुने वैज्ञानिकहरूले एक अध्ययनमा पत्ता लगाएका छन् ।

पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएको छ । सन् २०२३ मा विश्वभरि ५० लाख मानिस डेंगु ज्वरोबाट पीडित भएका थिए । हाल डेंगु ज्वरोको विशेष उपचार उपलब्ध छैन । बालबालिकाका लागि उपलब्ध डेंगु खोप डेंगु भ्याक्सिया हो । यो पहिले डेंगुबाट संक्रमित भएका बालबालिकाका लागि हो ।

नेशनल युनिभर्सिटी अफ सिंगापुरको (एनएसयू) सँग सम्बन्धित अनुसन्धान कर्ताहरूको टोलीले अध्ययनमा लामखुट्टेमा पाइने प्युपल क्युटिकल प्रोटिनको संरचनाबारे जानकारी दिएको छ । यो एडिस एजिप्टाई लामखुट्टेको बाहिरी भागमा पाइन्छ ।

अध्ययन सँग सम्बन्धित जानकारी प्रोटिन साइन्समा प्रकाशित भएको छ । यसमा क्युटिकल प्रोटिनको क्षमता र डेंगु भाइरस लाइ रोक्नमा यसको महत्व बारे जानकारी दिइएको छ ।

अनुसन्धानमा संलग्न प्राध्यापक जे शिवरमनले यो प्रोटिनको प्रयोगले डेंगु भाइरसबाट बच्न एन्टिबडी उत्पादनमा सहयोग पुग्ने बताए । यो उल्लेखनीय छ कि एसियाली देशहरूमा डेंगुको प्रकोप धेरै बढी छ । नेपालको ठूलो जनसंख्या यसबाट प्रभावित र पीडित छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!