को बन्नेछन् स्वास्थ्य मन्त्री?


काठमाडौं– नेपाली काँग्रेस वाट सोमवार स्वास्थ्य मन्त्री ले पद तथा गोपनीयताको शपथ लिनेछन् । स्वास्थ्य मन्त्रालय काँग्रेसको पोल्टोमा परे पनि आइत बार अबेर राती सम्म स्वास्थ्य मन्त्री को नामको टुङ्गो औपचारिक, अनौपचारिक रूपमा समेत सार्वजनिक भएको छैन ।

काँग्रेसका अति उच्च पदस्थ केही सीमित नेता बीच स्वास्थ्य मन्त्रालय को जिम्मेवारी पाएका बारे जानकारी रहे पनि उनीहरूले तिन–चार जना मध्ये वाट कुनै एक व्यक्तिले स्वास्थ्य मन्त्रालय पाउने दोस्रो तहका नेताहरूलाई बताउँदैन आएका छन् ।

काँग्रेसका दीपक खडका , प्रदीप पौडेल, रामहरि खतिवडा, हृदय राम थामी, लगायतका ले स्वास्थ्य मन्त्रालय पाउने चर्चा छ । यति सम्म की कसै कसैले प्रकाशमान सिंहको समेत नाम लिई रहेका छन् ।

तर दीपक खड्काले स्वास्थ्य मन्त्रालय पाउन सक्ने उच्च सम्भावना रहेको औँल्याउँदै स्रोतले भन्यो–‘स्वास्थ्य मन्त्री को रूपमा प्रदिप पौडेलको नाम आइत बार मध्यान्ह सम्म देउवा पक्षले मानेनन्, रामहरि जी पनि ट्राइ गरि राख्नु भएको थियो ।’

स्वास्थ्य मन्त्रीको चर्चा परिचर्चामा मा विभिन्न व्यक्तिको नाम आए पनि सोमवार नै वास्तविकता थाहा पाइन्छ । काँग्रेसका देउवा निकट एक उच्च तहका नेताले नेपालहेल्थप्रेस सँग भने–‘ आइतवार दिउसो नै स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने बारे शीर्ष नेता बीच अन्तिम निर्णय भइ सकेको छ र यो निर्णय बारे भावी स्वास्थ्य मन्त्रीलाई समेत जानकारी दिई सकिएको छ ।’ राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू लाई सोमवार बिहान ११ बजे शपथ ग्रहण गराउने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!