अनुसन्धान

‘मक्खनको सट्टा वनस्पतिको तेल प्रयोग गर्दा मुटु रोगको जोखिम कम’


एक नयाँ अध्ययन अनुसार पशुहरू बाट प्राप्त मक्खन (बटर) जस्तो सन्तृप्त बोसो को स्थानमा खानामा जैतुनको तेल जस्ता बोट बिरुवाबाट असन्तृप्त बोसो (अनस्याचुरेटेड फ्याट)  ले प्रतिस्थापन गर्नाले रगतको संरचनामा सकारात्मक प्रभाव पार्छ । जसले लामो समय सम्म धेरै रोगहरूको जोखिम कम गर्न सकिन्छ । यसमा हृदय घात, स्ट्रोक, मधुमेह र इन्सुलिन प्रतिरोध समावेश छ ।

अनुसन्धानको नतिजा गत बिहीवार नेचर मेडिसिनमा प्रकाशित भएको हो । यसमा आहारमा अनस्याचुरटेड फ्याट भएको खाने कुराको मात्रा बढाउन र स्याचुरटेड फ्याट (सन्तृप्त बोसो) भएको खाने कुराको मात्रा कम गर्न सुझाव दिइएको छ । यसले मुटु सँग सम्बन्धित रोगको जोखिम कम हुने दाबी गरिएको छ ।

अनुसन्धान टोलीले अध्ययन मा ११३ सहभागीहरू समावेश थिए । तिनिहरूलाई दुई समूहमा विभाजन गरिएको थियो, एउटा समूहको आहारमा उच्च सन्तृप्त फ्याट समावेश गरियो, जबकी अर्को समूहमा बिरुवाहरूबाट प्राप्त उच्च गुणस्तर को असन्तृप्त बोसो समावेश गरियो । यी दुवै समूहलाई १६ साता सम्म अनुगमन गरिएको थियो । उनीहरूको रगतको नमुनामा रहेको बोसोको विश्लेषण गरिएको थियो ।

उच्च मल्टि लिपिड स्कोर (एमएलएस) रगतमा स्वस्थ बोसोको सूचकाङ्क हो । अनुसन्धानले उच्च गुणस्तरको वनस्पति तेलको सेवनले मुटु सम्बन्धी रोगको जोखिम मा ३२ प्रतिशतको कमी आयो र टाइप–२ मधुमेहको जोखिम २६ प्रतिशत कम भयो ।

स्वीडेनको चाल्मर्स युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानका लेखक क्लेमेन्स वाइटेन बेचरले स्वस्थ आहार सँग सम्बन्धित धेरै अनुसन्धान भइरहेको बताए । यसले ती मानिसहरूलाई आहार सल्लाह प्रदान गर्न मद्दत गर्न सक्छ जसले खाने बानीहरू परिवर्तन गरेर लाभान्वित हुन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!