देश भरका कोरोना सक्रिय सङ्क्रमितको ६२ प्रतिशत काठमाडौँ उपत्यकामा
काठमाडौं — मुलुकमा भएका कोरोनाको कुल सक्रिय संक्रमित मध्ये ६२ प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा छन ।
मंगलबार देश भरी भएका ४ हजार २ सय २१ सक्रिय कोरोना संक्रमित मध्ये ६२.२६ प्रतिशत अर्थात २ हजार ६ सय २८ जना काठमाडौं उपत्यकामा छन ।
यस्तै उपत्यका अन्तर्गत काठमाडौँमा १ हजार ८ सय ७९ जना अर्थात देशभरी भएको कुल सङ्क्रमितको ४४.५१ प्रतिशत छन । भक्तपुरमा भने ६१ जना र ललितपुरमा ६ सय ८८ जना सक्रिय कोरोना संक्रमित छन ।
स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार देश भरीमा ५५ जना कोरोना संक्रमित सघन उपचार गराइ रहेका छन । यस अन्तर्गत देशभरी सघन उपचारमा रहेका कोरोना संक्रमित मध्ये ६० प्रतिशत बागमती प्रदेश कै स्वास्थ्य निकायमा सघन उपचार गराइ रहेका छन ।
हाल प्रदेश १ मा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनीमा ११ जना र सुदूर पश्चिम प्रदेशमा २ जना गरी देशभरीका स्वास्थ्य निकायमा ५२ जना आइसीयुमा उपचाररत छन । यस्तै बागमती प्रदेशका २ जना र सुदूर पश्चिम प्रदेश का १ जना गरी ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।
मंगलबार थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ५७ पीसीआर परीक्षणमा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टिजेन परीक्षणमा २ सय ९१ जनामा संक्रमण देखिएको हो । मंगलबार पछिल्लो २४ घण्टामा कुल ४ हजार ९ सय ४९ नमुना फरीक्षण गरिएको थियो ।
मंगलबार कोरो सङ्क्रमणले १ जनाको मृत्यु हुनुको साथै ४ सय १७ जना यो संक्रमण वाट निको समेत भएका छन । मंगलबार देश भरीमा १६ हजार ६ सय ५३ जनाले कोरोना विरुद्धको खोप समेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस