विश्व स्वास्थ्य संगठनको गाइडलाइन

‘डब्लुएचओले धूम्रपान, सुर्ती छोड्न चाहने को लागि जारी गर्यो गाइड लाइन, यसको उपचार सजिलो छ’


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो पटक सुर्ती जन्य पदार्थको लत छोड्न चाहनेहरूका लागि निर्देशिका (गाइड लाइन) जारी गरेको छ । जसलाई पालना गरेर धूम्रपान गर्नेहरूले आफ्नो बानीबाट छुटकारा पाउन सक्छन् ।

यो सिफारिसहरूले चुरोट, सिगार, कुनै पनि रूपमा तमाखु को धूवाँ तान्ने, वाटर पाइप, सुर्ती, जर्दा, आदि धूवाँ रहित तमाखु उत्पादनहरू सहित सबै प्रकारका तमाखुहरू छोड्न चाहने ७५ करोड भन्दा बढी युवाहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

तथ्याङ्क अनुसार विश्वमा १ अर्ब २५ करोड तमाखु उपयोग गर्ने हरू मध्ये ६० प्रतिशत भन्दा बढी अर्थात् ७५ करोड भन्दा बढी व्यक्ति धूम्रपान छोड्न चाहन्छन् । तर स्रोतको अभाव स्वास्थ्यका लागि चुनौती को कारण उनीहरू समक्ष सही सेवा पुग्न पाउँदैन । यसैले गर्दा उनीहरू यो खराब अम्मल लाई छोड्नमा सफलहुँदैनन्।

धूम्रपान छोड्ने सम्बन्धमा, डब्लुएचओका महा निर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले भने कि यो दिशा निर्देश यी खतरनाक उत्पादनहरू विरुद्ध हाम्रो विश्वव्यापी लडाइमा महत्वपूर्ण  कोसे ढुङ्गा साबित हुनेछ । उनले भने की विश्वका अधिकांश देश यस्ता छन् जहाँ युवाहरूमा धूम्रपानका लतले खतरनाक रूप लिएको छ । यो एउटा मिसन हो जसले मानिसहरूलाई सुर्ती छोड्न मद्दत गर्नेछ । धूम्रपान र सुर्ती जन्य पदार्थको समस्याबाट युवा युवती पीडित भए त्यस सँग सम्बन्धित रोगको बोझ विश्व भर बढ्दै गइ रहेको छ ।

डब्लुएचओले धूम्रपान त्याग्न चाहनेहरूका लागि जारी गरेको नयाँ निर्देशिका लाई पालना गरे धूम्रपान को समस्याबाट बच्न सकिन्छ । यो गाइडलाइनमा तमाखु त्याग्न वेरेनिकलाइन, निकोटिन रिप्लेसमेन्ट थेरापी, बुप्रोपियन र साइटोसिन प्रभावकारी बताइएको छ ।

वेरेनिकलाइन एउटा चक्की हो जसमा निकोटिन हुँदैन । यो औषधि को उपयोग तमाखु त्याग्न गरिन्छ । तर यो अन्य तमाखु छोडाउने औषधि भन्दा फरक तरिकाले काम गर्छ र ती व्यक्ति मा प्रभावकारी छन् जो तमाखु वाट मुक्ति चाहन्छन् ।

त्यस्तैसाइटोसिनको उपयोग लामो समय देखीएन्टीटोबेकोऔषधि को रूपमा गरि राखिएको छ । थुप्रै अध्ययनहरू वाट थाहा भए अनुसार यो ‘प्लान्टबेस्डकम्पाउन्ड’, कोउपयोगले धूम्रपानछुट्नेसम्भावना दोब्बर सम्म बढ्छ । युरोपमा यसलाई धेरै लामो समय देखि उपयोग गरि राखिएको छ । ब्रुप्रोपियन एउटा एन्टी डिप्रसेन्ट ओषधि हो । जसलाई निकोटिन रिप्लेसमेन्ट थेरापीमा उपयोग गरिन्छ ।

नयाँ गाइड लाइनमा के छ?

  • डब्लुएचओले धूम्रपान र सिगरेटको लत छोड्न मद्दत गर्न फार्माकोथेरापी र व्यवहारिक हस्तक्षेपहरूको संयोजन तोकेको छ । जसको माध्यमले धूम्रपान र चुरोटको अम्मल त्याग्न सघाउ पुग्छ ।
  • धूम्रपान छाड्न दिइने उपचार र त्यसमा हुने खर्चलाई जनताको लागि कम खर्चमा उपलब्ध गराइने बताइएको छ । ताकि निम्न र मध्यम देशका जनता सम्म पनि सही सेवा पुग्न सकोस् ।
  • उपचारको क्रममा भेरेनिकलाइन, निकोटिन रिप्लेसमेन्ट थेरापी (एनआरटी), बुप्रोपियन र साइटिसिन जस्ता औषधिहरू प्रयोग गरिनेछ ।
  • डब्लुएचओले स्वास्थ्य सेवा सेटिङहरूमा स्वास्थ्य कर्मीको सुझावको प्रावधानलाई व्यवस्थित गरेको छ, ताकि जब कुनै पनि बिरामी आओस, उनीहरूले ३० सेकेन्डदेखि ३ मिनेटसम्म त्यहाँ भएका स्वास्थ्य कर्मी सँग कुरा गर्नु परोस् ।
  • यस बाहेक टेक्स्ट म्यासेज, स्मार्टफोन एप्स र इन्टरनेट कार्यक्रम जस्ता डिजिटल चीजहरू प्रयोग गरी यो मिसनलाई अगाडि बढाउन प्रयास गरिने डब्लुएचओले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!