कार्डियोलोजिकल सोसाइटी अफ इन्डिया को सल्लाह

‘मधुमेह र बीपी रोगीहरूको लागि एलडीएल ७० एमजी/डीएल भन्दा कम राख्नु आवश्यक’

नयाँ कोलेस्ट्रोल दिशानिर्देश अन्तर्गत मुटुको स्वास्थ्यको लागि सामान्य जनता र कम जोखिम भएका व्यक्तिहरूले आफ्नो एलडीएल १०० एमजी/डीएल भन्दा कम राख्नुपर्छ ।


नयाँ दिल्ली–भारतको कार्डियोलोजिकल सोसाइटी अफ इन्डिया (सिएसआई) ले पहिलो पटक भारतीय डिसलिपिडेमिया व्यवस्थापन बारे दिशानिर्देश जारी गरेको छ ।

बिहीवार जारी उक्त दिशानिर्देशहरू अनुसार, सामान्य जनता र कम जोखिम भएका व्यक्तिहरूले आफ्नो एलडीएल (लो–डेन्सिटी लिपोप्रोटिन) कोलेस्ट्रोल, जसलाई ‘खराब’ कोलेस्ट्रोल पनि भनिन्छ, १०० एमजी/डीएल भन्दा कम राख्नुपर्छ । जबकि मधुमेह वा उच्च रक्तचापका बिरामीहरू ले यसलाई ७० एमजी/डीएल भन्दा कम राख्नु पर्छ।

डिसलिपिडमिया ले मुटु रोगको जोखिम

डिस्लिपिडेमिया, जसलाई कुल कोलेस्ट्रोल, उन्नत एलडीएल –कोलेस्ट्रोल, उच्च ट्राइग्लिसराइड्स र निम्न एचडीएल (राम्रो कोलेस्ट्रोल) को रूपमा जानिन्छ, मुटु रोग, जस्तै हृदय घात, स्ट्रोक र परिधिय धमनी रोग को लागि एक महत्वपूर्ण जोखिम को कारक हो ।

उच्च जोखिम वर्ग को लागी लक्ष्य 

धेरै उच्च जोखिम भएका व्यक्तिहरू, जो मुटु रोगको धेरै उच्च जोखिममा छन्, को एलडीएल–सी स्तर ५५ एमजी/डीएल भन्दा कम राख्ने लक्ष्य राख्नुपर्छ । दिशानिर्देशहरूले भारतमा डिसलिपिडेमियाको प्रसार दर द्रुत गतिमा बढ्दै गएको बताउँछन्, र फलस्वरूप मुटु रोगहरू पनि बढ्दै गएका छन्, विशेष गरी युवा वयस्क हरूमा । नया दिशानिर्देशले नन फास्टिङ्ग लिपिड मापन सिफारिस गर्दछ।

जीवन शैली मा परिवर्तनको सिफारिस 

दिशानिर्देशमा जीवन शैली परिवर्तनको पनि सिफारिस गरिएको छ । जस्तै नियमित व्यायाम, रक्सी र सुर्ती त्याग्नु, चिनी र कार्बोहाइड्रेटको सेवन कम गर्ने आदि ।

औषधिको प्रयोग 

उच्च एलडीएल–सी र गैर– एनडीएल–सी लाई स्टैटिन्स र मौखिक गैर –स्टैटिन औषधिहरूको संयोजनबाट नियन्त्रण गर्न सकिन्छ । यदि लक्ष्यहरू प्राप्त भएन भने, इन्जेक्टेवल लिपिड–कम गर्ने औषधिहरू जस्तै पीसिएसके९ वा इनहिबिटर्स वा इक्लिसिरन को सिफारिस गरिन्छ ।

विशेषज्ञको सल्लाह 

मुटु को रोग, स्ट्र्रेक वा मधुमेहको बिरामीहरूको लागि स्टैटिन्स, गैर–स्टैटिन औषधिहरू र माछाको तेल (इपीए) सिफारिस गरिन्छ । ५०० एमजी/डीएल भन्दा बढी ट्राइग्लिसराइड स्तरको लागि फेनोफाइब्रेट, सराग्लिटाजोर र माछाको तेल प्रयोग गर्न आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!