स्वास्थ्य मन्त्री प्रदिप यादवले दिए राजीनामा, सम्भावित काङ्ग्रेस र एमालेले गठबन्धनमा सरिक हुने संकेत


काठमाडौं — जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य मन्त्री प्रदीप यादव ले शुक्रवार राजीनामा दिएका छन् । उनकै पार्टीका बन तथा वातावरण मन्त्री नबल किशोर साह सुडीले समेत राजीनामा दिएका हुन ।

शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य मन्त्री यादव र वातावरण मन्त्री सुडीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई बालुवाटार भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

स्रोतको अनुसार सम्भावित काङ्ग्रेस र एमालेले को आगामी गठबन्धन सरकार मा जनता समाजवादी पार्टी सहभागी हुने मनस्थितिमा  पार्टी बर्तमान  सत्ता वाट बाहिरिएको हो ।

पार्टी अध्यक्ष र संसदीय दलका नेता अशोक कुमार राईले शुक्रबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।

नेकपा एमालेले असार १७ मा काङ्ग्रेस सँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र संविधान संशोधन लगायतका विषयमा सहमति गरेर अगाडि बढ्ने निर्णय लिए पछि काङ्ग्रेस र एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!