शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

‘जेष्ठ नागरिकको मुटुको एन्जियोप्लाष्टी निःशुल्क, कुन–कुन मुटु रोगको उपचार हुन्छ राष्ट्रिय प्रत्यारोपण केन्द्रमा’


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मुटु उपचारमा समेत अब्बल बन्दै छ । हाल केन्द्रको मुटु रोग विभागमा हरेक महिना ७ सय जना भन्दा बढीले मुटु रोग सम्बन्धी ओपीडी (बहिरङ्ग विभाग) विशेषज्ञ सेवा, ३ सय ५० जना भन्दा बढीले इसिजि सेवा तथा २ सय ५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन् ।

केन्द्रको मुटु रोग विभागका प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रवेश न्यौपाने को अनुसार आइत बार, मंगल बार र बिहीवार क्याथ ल्याब सम्बन्धी एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर लगायतका सेवा उपलब्ध हुने गरेको छ । यस अन्तर्गत एन्जियोग्राफी, एन्जियोप्लाष्टी , राइट एण्ड लेफ्ट हर्ट क्याथेटराइजेसन, पेरिकार्डियो सिन्टेसि (मुटु को झिल्ली वाट पानी निकाल्ने), मुटु भित्र प्रेसर हेर्ने, पेस मेकर जाँच तथा उपचार, क्याथ ल्याब को सहयोगले गरिने शल्यक्रिया लगायतका परीक्षणहरू गरिन्छ ।

यस्तै सोमवार, बुधवार, शुक्रवार बहिरङ्ग विभाग अन्तर्गत मुटु रोगको सम्पूर्ण जाँचहरू गरिन्छ । यस अन्तर्गत उच्च रक्तचाप, हर्ट फेल्योर, मुटुको भल्भको रोगहरू, मुटु को बाथ रोग, मुटुको गतिको अनियमितता को रोग, शल्यक्रियामा जानु पर्ने बिरामीहरूको मुटुको जाँच आदि गरिन्छ । यस अन्तर्गत सोमवार, बुधवार, शुक्रवार, इसिजी, इको, एविपिएम (एम्बुलेटरी ब्लड प्रेसर मनिटरिङ्ग), हल्टर स्टडी (मुटुको चाल सम्बन्धी जाँच), कार्डियाक स्ट्र्रेस टेष्ट (मुटुको गम्भिर रोग छ वा छैन भनेर गरिने विशेष पद्धति आदि गरिन्छ ।

क्याथ ल्याब को सहयोगले मुटु को नसा बन्द भएको, नभएको थाहा पाउने एन्जियोग्राफी तथा हृदय घात भएमा वा मुटु को नसा साँघुरो भएमा बिरामीको नसा खुलाउने एन्जियोप्लाष्टी कार्यालय समय मा गरिने जनाउँदै डा.न्यौपाने यो बाहेक ओपीडी स्तर वाट योजना बनाएर गरिने बताउँछन् ।

मुटु को दुखाइ (एन्जाईना) वाट पीडित बिरामी लाई पनि योजना बनाएर क्याथ ल्याब सेवा दिइन्छ । मुटु विभागले स्थापना काल देखि ७ सय ५० जना लाई क्याथ ल्याब सेवा दिएको छ । पछिल्लो तिन वर्ष देखि ६ सय भन्दा बढी लाई क्याथ ल्याब सेवा दिइएको छ ।

‘हृदय घात भएका सय भन्दा बढी लाई नसा खोलेर ज्यान जोगाइएको छ, जसमध्ये अधिकांश भक्तपुर का छन’, डा.न्यौपाने भन्छन् । यस्तै मृगौला र कलेजो प्रत्यारोपण गर्नु अघि समेत मुटु को नसा परीक्षण गर्दा एन्जियोप्लाष्टी गर्ने भेटिए केन्द्र मै गरिन्छ ।

ट्रान्सप्लान्टमा जाने बिरामीको लागि मुटु को जाँच तथा शल्यक्रिया लगायतका उपचार केन्द्र मै गरिन्छ । ज्येष्ठ नागरिकलाई निःशुल्क एन्जियोप्लाष्टी, विपन्न लाई १ लाखको निःशुल्क सेवा बिमा मार्फत मुटु रोगको उपचार मुटु विभागमा ७० वर्ष वा यो भन्दा माथि का ज्येष्ठ नागरिकलाई एन्जियोप्लाष्टी गर्दा लाग्ने ७० हजार शुल्क तिर्नु पर्दैन ।

हृदय घात भएर आएका ज्येष्ठ नागरिक लाई एउटा स्टेन्ट लगाउनु परे त्यो मात्र स्टेन्टको शुल्क ७० हजार रुपियाँ तिर्नु पर्छ । एन्जियोप्लाष्टी शुल्क ७० हजार तिर्नु पर्दैन ।

केन्द्र मा निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा.पुकार चन्द्र श्रेष्ठका अनुसार यहाँ विपन्नको हक मा १ लाख रुपियाँ बराबरको सरकारी सेवा निःशुल्क दिने गरिन्छ ।

यस्तै मुटु रोगको उपचार बिमा मार्फत समेत गराउन सकिन्छ । बेवारिस मुटु रोगको बिरामीको आवश्यकता अनुसार अस्पताल प्रशासनको सहयोगमा ज्यान जोगाउन आकस्मिक उपचार सेवा निः शुल्क गरिन्छ ।

मुटु रोग विभागमा जँचाउन केन्द्रमा टिकट शुल्क १ सय रुपैयाँ रहेको छ । टिकट शुल्क तिर्न नसक्ने हरूले अस्पताल प्रशासनको सहयोग लिन सक्छन् ।

आफ्नै भवन भए मुटु लगायतका सेवामा थप विस्तार

हाल शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपयुक्त जमिन र आफ्नै भवनको अभावमा सेवा दिन बाध्य छ । तर स्थान अभाव भए पनि केन्द्रमा सञ्चालित मुटु रोग सेवाले भक्तपुर र छेउछाउको जिल्लाका मुटुका बिरामीहरूलाई प्रसस्त सेवा दिई रहेको छ ।

केन्द्रको क्षमता विस्तार गरी ५०० बेड बनाउन सके मुटु लगायतको सेवामा अझै वृद्धि गर्न सकिने र भक्तपुर छेउछाउका जिल्लाका बासिन्दाहरू अझ बढी लाभान्वित हुने कुरा केन्द्रले जनाएको छ ।

परीक्षण शुल्क

इसिजी परीक्षण –१,५०

स्क्रिनिङ्ग इको–५,००

कैथ प्लोरोस्कोपी (स्टक भल्भ)– १,०००

कार्डियोभर्सन–१,०००

इको–१,२००

एविपी मनिटरिङ्ग– १,४००

बबल स्टडी–१,५००

टिइइ–१,५००

ट्रान्स ओसोफेगल इको –२,०००

हल्टर मनिटरिङ्ग – २,०००

हल्टर–२,५००

डोबुटामाइन स्ट्र्रेस इको–२,५००

पेरिकार्डियो सिन्टेसि–३,०००

अस्थायी पेसमेकर राख्ने शुल्क–३,५००

टेम्प्रोरी पेस मेकर–८,०००

कोरोनरी एन्जियोग्राफी विथ डाइ –१२,०००

एन्जियोग्राफी –१२,०००

रेनल एन्जियोग्राफी –१२०००

आरटि हर्ट क्याथ इन्क्लुडिङ्ग वायर्स एण्ड ८ एविजी (आरएचसी)–१२०००

एन्जियोप्लाष्टी – ७००००

रेनल एन्जियोप्लाष्टी – ७००००

कोरोनरी एन्जियोप्लाष्टी विथ डाइ –७००००

कोरोनरी एन्जियोप्लाष्टी विथ सिंगल स्टेन्ट –१४००००


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!