अनुसन्धान
बुवाको मोटोपनाको छोरामा २७ प्रतिशत असर, आमा मोटी भए छोरीहरू मोटी हुने सम्भावना

तेल अवीव विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले हालै गरेको एक अध्ययन अनुसार तपाई को अव्यवस्थित जीवन शैली मात्र मोटो पना को लागि जिम्मेवार छैन, यसमा आनुवंशिकताले पनि ठूलो भूमिका खेल्छ । अर्थात् मोटो पनमा आनुवंशिकता महत्वपूर्ण भूमिका खेल्छ । बुवाको मोटो पनको छोरामा २७ प्रतिशत सम्म असर गर्छ ।
उक्त अनुसन्धान जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन (जामा) नेटवर्क ओपेन मा प्रकाशित भएको हो । अध्ययनबाट कसैको बडी मास इन्डेक्स (बीएमआइ) लाई आनुवंशिक रूपमा राम्ररी बुझ्न सकिन्छ । स्मरण रहोस् वीएमआइ एक मानक हो जसले व्यक्तिको शरीरको भार र उचाइ सँग मेल खान्छ ।
अनुसन्धान कर्ताहरूले अध्ययनमा देखे कि यदि कसैका आमा बाबु आफ्नो उमेरमा मोटो थिए भने, उनीहरू को पनि उही उमेरमा मोटो हुने सम्भावना बढी हुन्छ । अध्ययन अनुसार, आमा बाबु र उनीहरूका बच्चाहरूको बीएमआई बीच ०.२७३ को सह सम्बन्ध पनि फेला पर्यो, जुन ३९ प्रतिशत आनुवंशिक थियो । यसको अर्थ बुबाको मोटो पनाले छोरालाई २७ प्रतिशत सम्म असर गर्न सक्छ ।
अनुसन्धान कर्ताहरूको टोलीले अनुसन्धानको क्रममा सन् १९८६ देखि २०१८ सम्म १३ लाखभन्दा बढी मानिसको तथ्याङ्क प्रयोग गरेका थिए । यो इजरायलमा उनीहरूले अनिवार्य सैन्य सेवामा जानु भन्दा अघिको थियो । यसमा १७ वर्षका बालबालिकाको बीएमआई को तुलना उनीहरूको आमा बुवा दुवै को त्यही उमेरको वीएमआइ संग गरियो । विश्लेषणमा समावेश गरिएका ४.४५ लाखभन्दा बढीको तीन समूहमध्ये २४ प्रतिशतका लागि डाटा उपलब्ध थियो ।
आमा मोटी भए छोरी मोटी हुने सम्भावना
उक्त अध्ययन मा आमा र छोरीहरूकावीएमआइको बीच आमा र छोराको दाँजोमा बढी बलियो सह सम्बन्ध पाइयो । मोटो पनाले ग्रस्त आमाहरूको पहिले देखी नै मोटो पनाले ग्रस्तबुवाहरूकोदाँजोमा छोरीमा यो अवस्था बिकसित हुने सम्भावना बढी हुन्छ ।
प्रतिक्रिया दिनुहोस