अनुसन्धान

‘बच्चा बहलाउन स्मार्टफोनको सहाराले उनीहरूलाई कमजोर बनाउँछ’


एक नयाँ अध्ययन अनुसार आमा बुवाले सन्तानलाई स्मार्टफोन दिएर शान्त पार्ने प्रयास गर्दा ती बच्चाहरूलाई पछि ठूलो भए पछि आफ्नो भावना नियन्त्रण गर्ने क्षमतामा बाधा महसुस हुन सक्छ ।

अनुसन्धान कर्ताहरूले भनेका छन् कि धेरै जसो अभिभावकहरू ले उनीहरूको (बच्चाको) ध्यान हटाउन स्मार्टफोन वा ट्याबलेटको सहारा लिने गर्छन् । याे अनुसन्धानको नतिजा शुक्रबार फ्रन्टियर्स इन चाइल्ड एण्ड एडोलेसेन्ट साइकियाट्रीमा प्रकाशित भएको हो ।

‘यहाँ हामी देखाउँछौं कि यदि आमा बाबुले नियमित रूपमा आफ्नो बच्चालाई शान्त पार्न वा रिस लाइ रोक्नको लागि डिजिटल उपकरण दिन्छन् भने, बच्चाले आफ्नो भावनालाई नियन्त्रित गर्न सिक्न पाउँदैनन्’, हंगेरीको एओटवोस विश्वविद्यालयका अनुसन्धान कर्ता बेरोनिका कोनोकले भनिन । यसले पछि जीवनमा भावना नियमन सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, विशेष गरी रिस व्यवस्थापन समस्याहरू झन् बढी गम्भीर हुन्छ ।

अनुसन्धान टोलीले आफ्नो अध्ययनमा दुई देखि पाँच वर्षका बालबालिकाका ३०० भन्दा बढी आमा बुबालाई समावेश गरेका थिए, जसको एक वर्ष सम्म पालन गरिएको थियो ।

लेखिकाले भनेकी छिन कि नखरा लाइ डिजिटल उपकरणले ठीक गर्न सकिँदैन । बच्चाहरूलाई उनीहरूको भावनाहरू चिन्न र सम्हाल्न सिकाउनु पर्छ । यस सिकाइ को प्रक्रियाको क्रम मा उनीहरूलाई आफ्ना आमा बुवाको मद्दत चाहिन्छ, डिजिटल उपकरणहरूको मद्दत चाहिन्न ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!