विश्व स्वास्थ्य संगठनको प्रतिवेदन

‘करिब १ अर्ब ८० करोड वयस्कहरू पर्याप्त शारीरिक गतिविधि नगर्दा रोगको जोखिममा’


जेनेभा– नयाँ तथ्याङ्कले देखाउँछ कि विश्व भरका लगभग एक तिहाइ (३१ प्रतिशत) वयस्कहरू, लगभग १ अर्ब ८० करोड मानिसहरूले २०२२ मा शारीरिक गतिविधिको सिफारिस गरिएको स्तरहरू पूरा गरेनन् ।

हालै गरिएको यो अध्ययन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसन्धान कर्ताहरूले शैक्षिक सहकर्मीहरू सँग मिलेर गरेका थिए र द ल्यान्सेट ग्लोबल हेल्थ जर्नलमा प्रकाशित भएको थियो ।

अध्ययनका निष्कर्षहरूले वयस्कहरू मा शारीरिक निष्क्रियताको चिन्ताजनक प्रवृत्तिलाई औँल्याउँछ, जुन लगभग ५ प्रतिशतले बढेको छ । डब्लुएचओ ले वयस्कहरूलाई प्रति साता १५० मिनेट मध्यम–तीव्रता, वा ७५ मिनेट उच्च–तीव्रता को शारीरिक गतिविधि वा यो जस्तै शारीरिक रूपमा सक्रिय हुन सिफारिस गर्दछ ।

शारीरिक गतिविधिको कमीले वयस्कहरूलाई हृदय घात र स्ट्रोक, टाइप २ मधुमेह, डिमेन्सिया र स्तन र कोलोन क्यान्सर जस्ता नसर्ने रोगहरूको जोखिम बढाउँछ ।

एक अनुमान अनुसार सन २०१० र २०२२ को बीचमा वयस्कहरू मा शारीरिक निष्क्रियताको घटना करिब ५ प्रतिशत ले बढेको छ । यो क्रम जारी रहयो भने सन् २०३० सम्ममा निष्क्रियताको स्तर बढेर ३५ प्रतिशत पुग्ने सम्भावना छ । हालको प्रवृत्तिले सन् २०३० सम्ममा शारीरिक निष्क्रियता घटाउने विश्वव्यापी लक्ष्य अहिले पहुँच भन्दा बाहिर रहेको देखाउँछ ।

‘यी निष्कर्षहरूले क्यान्सर र मुटु रोगलाई कम गरेर र शारीरिक गतिविधि बढाएर मानसिक स्वास्थ्य र कल्याणमा सुधार गर्ने छुटेको अवसरलाई उजागर गर्दछ,’ डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने । यो चिन्ताजनक प्रवृत्तिलाई उल्टाउन शारीरिक क्रियाकलापको स्तर बढाउन र साहसी कदमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । यस अन्तर्गत बलियो नीति अवलम्बन गरी लगानीको स्तर बढाउन आवश्यक हुनेछ ।

क्षेत्रीय भिन्नताहरू वयस्कहरू मा शारीरिक निष्क्रियताको उच्चतम दर, उच्च आय भएको एसिया प्रशान्त क्षेत्र (४८ प्रतिशत) र दक्षिण एसिया (४५ प्रतिशत) रेकर्ड गरिएको छ । उच्च आय भएका पश्चिमी देशहरूमा यो तथ्याङ्क २८ प्रतिशत छ, जबकी ओशिनिया क्षेत्रमा यो १४ प्रतिशत छ ।

लिङ्ग र उमेरका आधारमा भएको असमानता चिन्ताको विषय भएको बताइएको छ । संयुक्त राष्ट्रसंघीय निकायका अनुसार पुरुषको तुलनामा महिलामा शारीरिक निष्क्रियताको स्तर बढी छ । महिलाहरूको लागि निष्क्रियता दर ३४ प्रतिशत छ, जबकी पुरुषहरूको लागि यो २९ प्रतिशत छ । तर, कतिपय देशहरूमा यी दुबै बीचको दूरी २० प्रतिशत अङ्क सम्म छ । यो बाहेक ६० वर्ष भन्दा माथिका व्यक्तिहरू अन्य वयस्कहरूको तुलनामा कम सक्रिय छन्, जुन वृद्ध वयस्कहरूको लागि शारीरिक गतिविधिलाई बढावा दिने महत्व लाई संकेत गर्दछ।

डब्लुएचओ ले गरेको यो अध्ययनको चिन्ताजनक निष्कर्षहरूको बावजुद, केही देशहरूमा केही सुधारको सङ्केतहरू छन् । पछिल्लो दशकमा विश्वका करिब ५० प्रतिशत देशहरूमा केही सुधारहरू देखिएका छन् ।

२२ देशमा सन २०३० सम्म शारीरिक निष्क्रियतामा १५ प्रतिशत सम्म को कमी हासिल गर्ने विश्वव्यापी लक्ष्य सम्म पुग्ने अपेक्षा गरिएको छ ।

यस पृष्ठ भूमिमा, संयुक्त राष्ट्र एजेन्सीले देशहरूलाई शारीरिक गतिविधिलाई बढावा दिन नीति र कार्यान्वयनलाई बलियो बनाउन आग्रह गरेको छ । खेलकुद, पैदल हिँडाइ, साइकल चलाउने र सार्वजनिक यातायात प्रयोग गर्ने जस्ता उपायहरू को सहयोग लीन सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!