अनुसन्धान

मोटोपना र धूम्रपान अल्जाइमर रोगको मुख्य कारण


बढ्दो उमेर सँगै स्मरण शक्ति गुम्ने समस्या अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ । स्वास्थ्य विशेषज्ञहरू ले मोटो पना र धूम्रपान भास्कुलर डिमेन्सियाका लागि प्रमुख जोखिम कारकहरू रहेको र धुम्रपानको कारणले हुने सुन्नाइले अल्जाइमर निम्त्याउन सक्ने औँल्याएका छन् ।

धूम्रपानले रक्त नलीहरूलाई हानी पुर्याउँछ, जसले मस्तिष्कमा रगतको प्रवाह कम गर्छ र मस्तिष्कका कोशिकाहरूलाई क्षति पुर्याउँछ । थप रूपमा, मोटो पना सुन्न्याइ र इन्सुलिन प्रतिरोध सँग जोडिएको छ, जुन दुबै मस्तिष्क स्वास्थ्यको लागि हानिकारक छन्।

द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले विश्वव्यापी डिमेन्सियाका केसहरू तीन गुणा हुने र सन् २०५० सम्म १५ करोडभन्दा बढी मानिस यस रोगबाट पीडित हुने देखाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!