अनुसन्धान

प्रसवकालीन डिप्रेसनले मुटु रोगको जोखिम बढाउन सक्छ


एक नयाँ अध्ययनले प्रसव (सुत्केरी) को समयमा डिप्रेसनमा रहेकी महिलाको पछिल्लो जीवनमा प्रतिकूल असर पर्ने देखाएको छ । यसले उनीहरूलाई मुटु रोगको उच्च जोखिममा पार्न सक्ने अनुसन्धान कर्ताहरूले बताएका छन् । गर्भावस्थाको २८ औ साता देखि प्रसव पश्चात् ४ साता सम्म को अवधिलाई प्रसव कालीन समय मानिन्छ ।

स्वीडेनका अनुसन्धान कर्ताहरूले गरेको एउटा अध्ययनमा पेरिनेटल (प्रसव कालीन) डिप्रेसनबाट पीडित महिलाहरूलाई सुत्केरी भएको २० वर्षमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र हृदय घातको उच्च जोखिम बढ्न सक्छ । यद्यपि अनुसन्धान टोलीले यस्तो किन हुन्छ भन्ने कारण भने खुल्न नसकेको बताएको छ ।

अनुसन्धानको नतिजा युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले सन २००१ र २०१४ को बीचमा प्रसव कालीन उदासी रोग (डिप्रेसन) ले पीडित करिब ५६ हजार महिलाको तथ्यांक को विश्लेषण गरेको थियो । तिनिहरूको तथ्याङ्क को तुलना तुलना ५ लाख ४६ हजार ती महिलाहरू सँग गरिएको थियो जो प्रसव कालीन डिप्रेसनबाट पीडित थिएनन् । यी महिलाहरूलाई औसत १० वर्ष सम्म फलोअप गरियो, केही महिलाहरूलाई २० वर्षसम्म अनुगमन गरिएको थियो ।

अनुसन्धान टोलीले फलोअपका क्रममा दोस्रो समूहका महिला मध्ये ३.७ प्रतिशत मात्र मुटुको रोगबाट पीडित भएको पत्ता लगाए, भने गर्भावस्था मा डिप्रेसन भएका समूहका ६.४ प्रतिशत महिलालाई यो रोग सँग जुध्नु पर्यो ।

थप रूपमा, अनुसन्धान टोलीले प्रसव पूर्व डिप्रेसन भएका महिलाहरूमा हृदय रोगको जोखिम २९ प्रतिशत बढी रहेको पाइएको छ, भने प्रसव पछि डिप्रेसन भएका महिलाहरूमा हृदय घात विकसित हुने जोखिम ४२ प्रतिशत बढी पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!