स्थानीय रोगको रुपमा देखा पर्न थाल्यो डेंगु


काठमाडौं – मुलुकमा ७२ जिल्लामा फैलिएको डेंगु एन्डेमिकको रुपमा देखा पर्न थालेको छ । ‘एन्डेमिक’, अर्थात् कुनै खास ठाउँ वा समुदायमा आइ रहने प्रकोप खालको स्थानिक रोग को रूपमा देखा पर्न लागि सकेको डेंगु पछिल्लो समय प्रत्येक वर्ष देखिन थालिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार सबै भन्दा बढी सन २०१९ मा १७ हजार ९ सय ९२ केस, सन २०२२ मा ५४ हजार ७ सय ८४ केस, सन २०२३ मा ५२ हजार ७ सय ९० डेंगु केस देखिएको थियो ।

हाल मुलुकको ७२ जिल्लामा डेंगु फैलिएको छ । सन २०२४ को जनवरी महिना देखी गत शनिवार (१५ जुन) सम्म मुलुकमा १ हजार १ सय ७५ डेंगुको केस रिपोर्ट गरिएको छ । जुन महिनामा सबै भन्दा बढी डेंगुको १७ वटा केस काठमाडौं जिल्लामा देखिएको छ । तर सन २०२४ मा हाल सम्म डेंगु सङ्क्रमणले मृत्यु नभएको समेत ईडीसीडीले उल्लेख गरेको छ ।

मुलुकमा बाह्रै महिना डेंगु देखिने गरिए पनि वर्षा याम शुरु हुना साथ डेगु संक्रमण बढ्ने गरेको छ । डेगु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल सङ्क्रमण हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगुको संक्रमण हुन्छ।

डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ । डेंगुको संक्रमण वयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ ।

एडिस जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । डेंगु वाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, मानव वस्ति भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडो वा पानी जम्मा हुने ठाउँ खोजी सफा गरेर लामखुट्टेको फुल नष्ट गर्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!