अनुसन्धान

तौल घटाउने शल्यक्रियाले प्रि–डाइबिटिज लाई जरो देखि समाप्त गर्न सक्छ


प्रि–डायबिटिज र गम्भीर मोटो पना भएका मानिसहरूमा जसले मेटाबोलिक र बारियाट्रिक शल्यक्रिया (तौल घटाउने शल्यक्रिया) गराए, उनीहरूमा टाइप २ मधुमेह विकसित हुने सम्भावना २० गुणा कम भएको नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले रोक्स–एन–वाई ग्यास्ट्रिक बाइपास वा स्लिभ ग्यास्ट्रेक्टोमी जस्ता तौल घटाउने शल्यक्रिया गरेपछि मात्र १.८ प्रतिशत बिरामीलाई पाँच वर्षभित्र मधुमेह विकसित भएको पाइयो । त्यो संख्या १० वर्ष पछि ३.३ प्रतिशत र १५ वर्ष पछि ६.७ प्रतिशत भएको अमेरिकाको पेन्सिल्भेनियाको गेजिङ्गर मेडिकल सेन्टरका अनुसन्धान कर्ताहरूले बताएका छन् ।

अध्ययनले टाइप २ मधुमेह जोखिममा नाटकीय कमी देखायो टोलीले ग्यास्ट्रिक बाइ पासका बिरामीहरूमा मधुमेह विरुद्ध सुरक्षात्मक प्रभाव बढी भएको पाए । अर्कोतर्फ, मेटाबोलिक शल्यक्रिया नगर्ने बिरामीहरू मध्ये, झन्डै एक तिहाइ (३१.१ प्रतिशत) ले पाँच वर्षभित्र प्रि–डायबिटिज लाई डाइबिटिजमा परिणत भएको देखे, जुन १० र १५ वर्षमा क्रमशः ५१.५ प्रतिशत र ६८.७ प्रतिशत भयो ।

मेटाबोलिक र बारियाट्रिक शल्यक्रियाको पूर्व–मधुमेहको सम्भावित प्रगतिमा दीर्घकालीन प्रभावको विश्लेषण गर्ने यो पहिलो अध्ययन हो र यसको प्रभाव महत्वपूर्ण र टिकाउ छ’, गेजिङ्गर का बारियाट्रिक सर्जन र सहलेखक डेभिड पार्करले भने । ‘यसले देखाउँछ कि मेटाबोलिक सर्जरी डाइबिटिज को उपचार सँगै यसको रोकथाम समेत हो ।’

तौल घटाउने शल्यक्रियाले प्रिडाइविटिक हरूलाई मधुमेहबाट बच्न आशा प्रदान गर्दछ प्रिडाइविटिज एक गम्भीर अवस्था हो जसमा रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी हुन्छ, तर यसलाई टाइप २ मधुमेह मानिँदैन ।

यो अध्ययनको लागि, सन २००१ र २०२२ को बीचमा रोक्स–एन–वाई ग्यास्ट्रिक बाइपास वा स्लिभ ग्यास्ट्रेक्टोमी गराउने १,३२६ प्रिडाइविटिजक बिरामीहरूको तुलना प्राथमिक हेरचाह समूहका गैर–सर्जिकल नियन्त्रण समूह सँग गरिएको थियो ।

यो अध्ययन लाई सैन डियगोमा चलिरहेको अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बारियाट्रिक सर्जरी (एएसएमबिएस) २०२४ को वार्षिक वैज्ञानिक बैठकमा प्रस्तुत गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!