भारतमा ४ वर्षको बच्चा बर्ड फ्लुको सिकार, डब्लुएचओ ले पुष्टी गर्यो


नयाँ दिल्ली –भारतमा बर्डफ्लुका घटनाहरू रिपोर्ट भइरहेका छन् । यस वर्ष पश्चिम बंगालबाट मानिसमा बर्डफ्लुको पहिलो केस आएको छ । जसमा ४ वर्षीय बालकमा बर्डफ्लुको सिकार भएका छन । जसको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पुष्टि गरेको छ ।

डब्लुएचओका अनुसार ४ वर्षको बालकलाई ‘एच९एन२’ भाइरसका कारण बर्डफ्लुको संक्रमण देखिएको छ । फरवरी महिनामा बच्चालाई सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिन थालेका थिए । यो बर्डफ्लुको पहिलो लक्षण हो । उक्त बालक निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

डब्लुएचओ को अनुसार एभियन इन्फ्लुएन्जा ए(एच९एन२) भाइरसको संक्रमणको अधिकांश मानव केसहरू संक्रमित कुखुरा वा दूषित वातावरणको सम्पर्कबाट भाइरसको सम्पर्कमा आउँछन् ।

भारतमा मानिसहरूमा बर्डफ्लू संक्रमणको यो दोस्रो केस हो । बर्डफ्लुको पहिलो केस सन् २०१९ मा देखिएको थियो । डब्ल्यूएचओका अनुसार देशमा एच९एन२ भाइरसका कारण हल्का रोगको अवस्था पनि आउन सक्छ । यति मात्र होइन, भविष्यमा मानिसमा बर्डफ्लुको सङ्क्रमणका केही केसहरू पनि आउन सक्छन् ।

हाल बर्डफ्लुले अमेरिका लगायत धेरै देशमा कहर मच्चाइ रहेको छ । यसैलाई ध्यानमा राख्दै डब्लुएचओ ले पनि अलर्ट जारी गरेको थियो । वास्तव मा बर्डफ्लु अहिलेसम्म चरामा मात्रै पाइने गरेको भए पनि अहिले मानिसमा पनि देखिन थालेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!