उदाउँदो मेडिकल अध्ययन हब बंगलादेश : नेपाली विद्यार्थीको भर्ना प्रक्रिया र समस्या
बंगलादेश मा हाल एमबिबिएस अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या ३ हजार ५ सय को हाराहारीमा छ । बङ्गलादेशले हरेक वर्ष एमबिबिएस तर्फ भर्ना हुन सार्क कोटा मा १५–२० सीट छात्रवृत्ति मार्फत उपलब्ध गराउँदै आएको छ । त्यहाँ रहेका अन्य १५०–२०० प्राइभेट मेडिकल कलेजमा पनि आफनै खर्च मा धेरै नेपाली विद्यार्थीहरु भर्ना हुने गर्छन । बंगलादेश दूतावास बाट एमबिबिएस अध्ययन गर्न भनेर आवेदन दिएर नै प्राइभेट मा पढ्न पनि भर्ना प्रक्रिया मा जानु पर्छ ।
हाम्रो निकटका छिमेकी बङ्गलादेशको सरकारले हरेक वर्ष मेडिसिन र इन्जिनियरिङका विषयमा नेपाली विद्यार्थीलाई सिट उपलब्ध गराउँदै आएको छ । बङ्गलादेश उदाउँदै गरेको मेडिकल हवका रुपमा समेत चिनिन थालिएको छ ।
यसका साथै हजारौं नेपाली विद्यार्थीले बङ्गलादेशका विभिन्न संस्थानहरूमा मेडिकल, दन्त चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा सेल्फ फाइनान्सको आधारमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।
एक दिन मै स्थल मार्ग वाट अत्यन्त न्यून खर्चमा पुग्न सकिने बङ्गलादेशमा विश्व को विकसित देश मा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा र सुविधा उपलब्ध छ ।
बङ्गलादेशमा सरकारी तथा गैरसरकारी निजी अस्पतालहरू ले पनि आफ्नो स्तर वृद्धि गर्दै सफलतापूर्वक राम्रो सेवा दिइरहेको छन् । ठूला ठूला सुविधा सम्पन्न अस्पताल, मेडिकल कलेज र औषधि कम्पनीहरू निर्माण भइसकेकोछ।
नेपाल र बङ्गलादेश बीच नियमित दैनिक दुई वटा हवाई उडान समेत हुन्छ । दुइ देश बीच फ्री टुरिस्ट भिसा वर्षको एकपटक , अन एराइभल भिसा , स्टुडेन्ट भिसा र वर्किङ भिसा सबै सजिलै सँग लिन सकिन्छ । नेपाल–बङ्गलादेश भारत हुदै बस , ट्रेन बाट पनि जान सकिन्छ ।
सन १९६५ देखी नै नेपालीहरू बङलादेशमा चिकित्सा शास्त्रको अध्ययन गर्न आउन थालेका हुन । बङ्गलादेशको ढाका विश्वविद्यालयलाइ पहिले पूर्वको ‘अक्सफोर्ड’ समेत भन्ने गरिन्थ्यो । तर पछिल्लो दिन ब्यापार गर्ने उद्देश्य बोकेका समेत केही निजी कलेजहरू भएकोले विद्यार्थीले सही अध्ययन गर्ने थलो रोज्नु आवश्यक हुन्छ ।
एमबिबिएस अध्ययन
बङ्गलादेशमा चिकित्सा शिक्षाले पनि धेरै परिवर्तन र चुनौतीहरू अनुभव गरेको छ । बङ्गलादेशमा एमबिविएस, स्नातक चिकित्सा शिक्षाको लागि एक सेटअप प्री–मुक्ति अवधिदेखि सन १९८८ सम्म जारी राखिएको थियो ।
त्यसपछि सन १९८८ मा पाठ्यक्रममा ठूलो परिवर्तन ल्याइयो र यसलाई अझ समुदाय – उन्मुख बनाइयो । यद्यपि, यो चिकित्सा शिक्षा र सामुदायिक – उन्मुख चिकित्सा शिक्षाको पुनः अभिमुखीकरणको संयुक्त उत्पादन थियो, चिकित्सा शिक्षामा गुणात्मक सुधार गर्ने उद्देश्यले बङ्गलादेशमा सन २०२२ मा स्नातक एमबीबीएस पाठ्यक्रमको लागि पूर्ण रूपमा संशोधित नयाँ पाठ्यक्रम लागू गरिएको थियो ।
बंगलादेश र नेपालको परिवेश, मौसम र रोगहरू उस्ता उस्तै हुनाले धेरै नेपाली विद्यार्थीको मेडिकल अध्ययन गर्ने थलो बंगलादेश हुँदै आएको छ । सुरुमा भाषा सँग सम्वन्धित केही गार्हो हुने गरेपनि ३–४ महिना मा सबैले अत्यन्त मिठो रहेको बंगाली भाषा सजिलै सिक्ने गरेको पाइन्छ ।
एमबिबिएस तर्फ भर्ना हुन सार्क कोटा मा नेपाली विद्यार्थीहरूको लागि बंगलादेश सरकार ले १५–२० सीट छात्रवृत्ति मार्फत सरकारी मेडिकल कलेजमा बंगलादेश दूतावास नेपाल बाट वर्षेनी आवेदन खुला हुने गर्दछ ।
त्यहाँ रहेका अन्य १५०–२०० प्राइभेट मेडिकल कलेजमा पनि आफनै खर्च मा धेरै नेपाली विद्यार्थीहरु भर्ना हुने गर्छन । बंगलादेश दूतावास बाट एमबिबिएस अध्ययन गर्न भनेर आवेदन दिएर नै प्राइभेट मा पढ्न पनि भर्ना प्रक्रिया मा जानु पर्छ ।
विद्यार्थीहरु बंगलादेश दूतावास मा केही नबुझी विभिन्न कन्सल्टेन्सी को जालझेल मा परेर समस्या मा पर्ने गरेको समेत देखिन्छ ।
बंगलादेश मा अध्यापन अनुमति पाएको प्राइभेट मेडिकलहरु को सूची बंगलादेश मेडिकल एण्ड डेण्टल काउन्सिल ले दूतावास र नेपाल मेडीकल काउन्सिल लाइ उपलब्ध गराउछ ।
त्यही आधार मा भर्ना हुने विद्यार्थीलाई अरु कुनै समस्या हुने गर्दैन । प्लस टू पास गरेको दुई वर्ष बढी ग्याप भएको विद्यार्थीले भने बंगलादेश मा एमबिबिएस पढ्न मिल्दैन ।
नेपालको इलिजिवलिटी परिक्षा उत्तिर्ण, समकक्षता ( इक्यिुभेलेन्स) लगायतका धेरै प्रकिया पुर्याएर भर्ना अनुमति पाएपछि स्टुडेन्ट भिसामा बङ्गलादेशमा सजिलै अध्ययन गर्न सकिन्छ ।
राम्रो सँग सम्बधित दूतावास, नेपाल मेडिकल काउन्सिल र बङ्गलादेशमा अध्ययन गरेका या गरिसकेका ‘ सिनियर ’ हरु सँग परामर्श लिएर भर्ना भएमा विद्यार्थीलाई खासै समस्या पर्दैन
बङ्गलादेशमा पाँच वर्ष को पढाइ र एक वर्ष इन्टर्नसिप गरे पछि नेपाल मेडीकल काउन्सिलको लाइसेंस परीक्षा पास भएर नेपाल मा एउटा लाइसेन्स प्राप्त डाक्टरको नाताले चिकित्सा जाच, अभ्यास गर्न सकिन्छ । बंगलादेश मा हाल एमबिबिएस अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या ३ हजार ५ सय को हाराहारी मा छ ।
एमडी/एमएस/एमडीएस अध्ययन
बंगादेशमा नेपाली विद्यार्थीको लागि एमडी/एमएस गर्ने प्रावधान समेत छ । विदेशी रेसिडेन्ट डाक्टरहरुको लागि बंगबन्धु शेख मुजिव मेडिकल विश्वविद्यालय (विएसएमएमयु) मा मात्र प्रतेक विभाग मा दुई जना को लागि सीट छुट्याइएको छ ।
नेपाली विद्यार्थीको हक मा नेपाल मेडिकल काउन्सिलवाट स्थायी दर्ता प्रमाण पत्र पाए पछि पढन को लागि आवेदन गर्न सकिन्छ ।
वर्षेनी एक पटक मात्र आवदेन भर्ना फर्म खुल्ने गर्छ । उक्त फर्ममा उल्लेखित क्राइटेरिया पूरा गरेर विश्वविद्यालयको वेबसाइट बाट फर्म भर्न सकिन्छ ।
भर्ना फर्म विश्वविद्यालयको परिक्षा नियमित्रण कार्यालय मा बुझाउनु पर्छ र विश्वविद्यालयले आफ्नो नियम अनुसार अन्तरवार्ता परीक्षा को तालिका आफनो वेबसाइट मा प्रकाशन गर्छ।
छनौट भएका डाक्टर बंगलादेश आएर सम्बन्धित विभाग मा पनि परीक्षा दिनु पर्दछ । परीक्षा को नतिजा लगायत सबै सूचना विश्वविद्यालयको वेबसाइट मा उपलब्ध हुन्छ ।
बंगलादेश मा एमडी/एमएस भर्ना प्रत्येक विभाग ले पारदर्शी रुपले गर्ने भए पनि कति पय व्यक्ति कन्सल्टेन्सी को जालझेल र झूटो आश्वासन मा परेर ठगिने समेत गरेका छन ।
स्नातकोक्तर अध्ययन अवधि ५ वर्ष को हुन्छ । त्यो अवधि मा बस्न खाना को बन्दोवस्त विद्यार्थीले आफै गर्नु पर्छ । अन्य सबै देश हरु मा दिने गरिए जस्तै आवासीय चिकित्सकको लागि पारिश्रमिक अहिले सम्म यहा दिइएकोछैन।
केही वर्ष अगाडि यस विषयमा मेरै पहलमा दुई देश बीच कुटनीतिक छलफल समेत भउको थियो र त्यो क्रम अझै जारी छ, जुन सकारात्मक छ र कार्यान्वयन हुन मात्र बाकी छ ।
हाल ८८ जना नेपाली रेसिडेन्ट डाक्टर संगै अन्य देश जस्तै भारत, भुटान, माल्दिब्स, श्रीलंका, ईरान, अमेरिका, क्यानाडा आदि वाट आएकाहरुले बंगबन्धु शेख मुजिव मेडिकल विश्वविद्यालयमा विभिन्न बिभाग मा अध्ययन गर्दै छन् ।
यहा बाट अध्ययन पूरा गरेर नेपालमा मेडीकल काउन्सिलको विशेषज्ञ लाइसेन्स परिक्षा पास भएपछि मात्र नेपालमा विषेशज्ञ चिकित्सक को हैसियतमा काम गर्न पाइन्छ।
बंगलादेशबाट एमबिबिएस, एमडि, एमएस, एमडीएस अध्ययन गरेका थुप्रै डाक्टरहरु हाल नेपालमा प्रमुख ठाउ र स्थानहरुमा रहेर धेरै उत्कृष्ट काम गरि राख्नु भएको छ ।
बंगलादेश वारे थप जानकारी
बंगलादेश दक्षिणी एसियाको एउटा देश हो । बर्मा संगको सानो सिमाना बाहेक सबै तिरबाट भारतको सिमाना जोडिएको बंगालको खाडीमा बंगलादेश अवस्थित छ ।
बङ्गलादेशमा समतल मैदानहरू छन्, र देशको अधिकांश भाग हिमालयबाट बग्ने ठूला नदीहरूको डेल्टामा अवस्थित छ । शासन प्रणाली संसदीय लोकतन्त्र हो । राज्यको प्रमुख राष्ट्रपति हो र सरकारको प्रमुख प्रधानमन्त्री हो ।
बङ्गलादेशको परम्परागत आर्थिक प्रणाली छ जसमा उपलब्ध स्रोतहरूको बाडफाड विरासत र आदिम विधिको आधारमा गरिन्छ । बंगलादेश एसिया–प्रशान्त व्यापार सम्झौता (आप्टा) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य हो ।
नेपाल र जनवादी गणतन्त्र बंगलादेश बीच ०८ अप्रिल सन १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित छ । सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेर बंगलादेशलाई मान्यता दिने नेपाल सातौं देश समेत थियो ।
नेपाल र बंगलादेशले साझा चासोका मुद्दाहरूमा नजिकबाट काम गर्छ र सार्क, बिमस्टेक र संयुक्त राष्ट्र संघ लगायत विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा समान विचारहरू साझा गर्छ ।
दुई देशबीचको व्यापार विस्तार र विविधीकरणको प्रचुर सम्भावना छ । बङ्गलादेशमा नेपालको निकासीमा मुख्यतया तरकारी, दाल, तेलको बीउ, फलफूल, विविध खाद्यान्न र औषधीय वनस्पति हुन्छन् ।
बंगलादेशबाट आयात हुने फलफूलको जुस, कागज र पेपरबोर्ड, जुट र अन्य कपडा, कच्चा पदार्थ आदि पर्दछन् । बंगलादेशले सुविधा स्तर, सामुदायिक र घरेलु स्तर सेवा प्रावधान रणनीतिहरूको संयोजन मार्फत विगत केही वर्षहरूमा (स्वास्थ्य र परिवार नियोजन सेवाहरूमा पहुच बढेकोले) स्वास्थ्य र जनसंख्या सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
(लेखक हाल बंगबन्धु शेख मुजिव मेडिकल विश्वविद्यालय (विएसएमएमयु)मा अर्थोपेडिक सर्जरीमा आवासीय चिकित्सकको रूपमा कार्यरत हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस