कांग्रेसका बरिष्ठ नेता प्रदिप गिरीको निधन

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता एवं सांसद प्रदिप गिरीको निधन भएको छ । ७४ वर्षीय गिरीको नेपाल मेडिसिटी अस्पतालमा भण्डै एक महिना देखि उपचार भइ रहेको थियो ।
अस्पतालको अनुसार गिरीको राती ९ बजेर ३०मिनेटमा निधन भएको हो । छिमेकी मुलुक भारतमा घाटीको क्यान्सरको उपचार गराएर मुलुक फर्किए पछि गत साउन ९ गते स्वास्थ्यमा समस्या देखिए पछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको उपचारमा क्यान्सर रोग विशेषज्ञ डा.पंकज बर्मन लगायतका टिम संलग्न थिए ।
प्रतिक्रिया दिनुहोस