मनमोहन कार्डियो थाेरासिक सेन्टरमा एसीको पाइप पड्कियो
काठमाडौं —मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एसीको पाइप पड्किएको छ ।
महाराजगञ्ज स्थित त्रि वि शिक्षण अस्पताल परिसरमा रहेको सेन्टरमा विस्फोटको ठूलो आवाजले त्यहाँ रहेका मानिसहरू तितरबितर भएका थिए । प्रहरी का अनुसार एसीको पाइपमा जोडिएको तार सर्ट सर्कीट हुँदा ठूलो आवाज आएको हो ।
आवाजका कारण अस्पतालमा रहेका हरू तितरबितर भएपनि कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । तर केन्द्र को मेन्टिनेन्स शाखाले भने यसबारे आफू लाई कुनै जानकारी नभएको नेपालहेल्थप्रेसलाई टेलिफोन मा बताए ।
प्रतिक्रिया दिनुहोस