निन्द्रा पूरा भयो वा भएन? बायो मार्कर वाट नयाँ रक्त परीक्षणले जानकारी दिनेछ

वैज्ञानिकहरूले बायो मार्करहरू प्रयोग गरेर निन्द्रा पूरा भयो वा भएन भनेर पत्ता लगाउन सजिलो हुने नयाँ रगत परीक्षण विकास गर्न सफल भएका छन् । यसले वाहन चालकको रगत परीक्षण गरी भविष्यमा हुने दुर्घटना रोक्न मद्दत गर्नेछ ।
निन्द्राको कमीले चोट वा मृत्युको जोखिम बढाउँछ । बायो मार्करहरू अन्य अवस्थाहरूको लागि पनि विकसित गर्न सकिन्छ जहाँ निन्द्राको कमीले विनाशकारी परिणामहरू हुन सक्छ ।
अष्ट्रेलियाको मोनाश विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यालय का अनुसन्धान कर्ताहरूले वाहन चालकहरूको निन्द्रा बारे जान्नको लागि यो नयाँ रक्त परीक्षण प्रणाली विकास गरेका छन् ।
अनुसन्धान कर्ताहरूको निष्कर्ष साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ । परीक्षणमा प्रयोग गरिएका बायो मार्करहरूले यो देखायो की अध्ययनका सहभागी भएका हरू २४ घण्टा भन्दा बढी समय देखि जागेका थिए ।
परीक्षणमा जब २४ घण्टा सम्म जागा रहने व्यक्ति को तुलना आराम गरेका व्यक्तिको नमुना सँग गर्दा यो सही हुने सम्भावना ९९.२ प्रतिशत देखियो । विश्व भर हुने सडक दुर्घटना मध्ये करिब २० प्रतिशत चालकको निन्द्रा को कमीका कारण हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस