स्वास्थ्य राज्यमन्त्री केसीद्वारा स्वास्थ्य बिमा सफल बनाउने रणनीतिक योजना प्रस्तुत
स्वास्थ्य बिमा समस्या समाधान कार्यदल पहिलो बैठक

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधवार स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । बैठकमा राज्यमन्त्रीले बिमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका छन ।
बैठकमा स्वास्थ्य बिमा समस्या समाधानका दीर्घकालीन विभिन्न उपायहरूको बारेमा विस्तृत छलफल समेत भएको थियो । बुधबारको बैठकले आगामी आइतबार पुनः बस्ने निर्णय गरेको छ ।
स्वास्थ्य बिमा आम नागरिकसंग प्रत्यक्ष जोडिएको औँल्याउदै स्वास्थ्य राज्यमन्त्री केसीले हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।
केसीले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक रहेको र कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने एवं सेवामा थप गुणस्तरीयता बनाउन आवश्यक रहेको समेत जनाए ।
समितिको सदस्यहरूमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस