‘ज्वाइँले आफ्नो कलेजो दिएर सासू को ज्यान जोगाए’


भक्तपुर– कलेजोको गम्भीर रोगबाट ग्रसित सासु लाई ज्वाइँले आफ्नो कलेजो दिएर जीवन दान दिएका छन । शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर मा सोमवार भएको २२ औ कलेजो प्रत्यारोपण अन्तर्गत ६५ वर्षीया सासू लक्ष्मी देवी श्रेष्ठ लाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन ।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको उक्त प्रत्यारोपण पछि हाल सासू र ज्वाइँ दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

समाजमा उदाहरणीय काम भएको भन्दै डा.पुकारले ज्वाइँ ले सासूलाई कलेजो दान गर्नु समाजकै लागि नमुना भएको समेत उल्लेख गरे । हाल सम्म केन्द्रमा भएको २२ जनाको कलेजो प्रत्यारोपण अन्तर्गत २ जना मात्र महिला छन् ।

प्रत्यारोपण केन्द्र, मूलुक मै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था समेत हो । केन्द्र मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने र नेपालमा सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने संस्था पनि हो ।

केन्द्र का कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ नेपाल मै सबै भन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन । डा.पुकारले ११ वर्षे अवधिमा देशमै सबै भन्दा धेरै अर्थात् १ हजार २ सय १२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस