‘चितवन मा आउँदो शुक्रवार देखी तीन दिने फर्मा एक्स्पो’
जाम्बीया, तिब्बत लगायत मुलुकको सरकारी टोली एक्स्पो भ्रमण गर्ने/अमेरिका , सिंगापुर, जापान, हङ्गकङ, जर्मनी, भारत सहित ९ मुलुक को कम्पनी प्रदर्शनीमा सहभागी

काठमाडौं–नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले चितवन मा फागुन २५ गते देखी तिन दिन सम्म चल्ने फर्मा एक्सपो को नबौं संस्करण को सम्पूर्ण तयारी गरि सकेको छ । एप्पोन ले दुई दशक देखी नेपालमा हरेक दुई वर्षमा एक पटक फर्मा एक्स्पो आयोजना गर्दै आएको हो ।
‘यो फर्मा एक्सपोले नेपाली फर्मा उद्योगको क्षमता प्रदर्शन गर्न र विश्वव्यापी रूपमा सरोकारवालाहरू बीच विश्वास निर्माण गर्न मद्दत गर्नेछ,’ एप्पोनका उपाध्यक्ष एवं एक्सपोका मिडिया संयोजक सन्तोष बराल भन्छन्–‘यस पटक जाम्बिया, तिब्बत लगायतका मुलुकको सरकारी टोली समेत एक्स्पो भ्रमण गर्न आइ रहेका छन ।’
जाम्बीयाको स्वास्थ्य सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक लगायतका ४ जनाको टोलीले फर्मा एक्सपो भ्रमण गर्ने छ । उक्त भ्रमणको मुख्य उद्देश्य नेपाल वाट उत्पादित औषधिहरू जाम्बीया लग्ने प्रकृया लगायतका बारेमा जानकारी हासिल गर्नु रहेको बरालले बताए । उनले जाम्बीयाको भ्रमण टोलीले नेपाल मा उत्पादित औषधिहरू निर्यात को लागि तयार रहेको सन्देश समेत दिएको बताए ।
यस्तै चीनको तिब्बत सरकार सँग सम्बन्धित सरकारी टोलीले समेत फर्मा एक्स्पो भ्रमण गर्नेछ । एक्सपो मा अमेरिका , सिंगापुर, जापान, हङ्गकङ, जर्मनी, भारत सहित ९ मुलुक को कम्पनी सहभागी हुने छन् भने मुलुकको ३० वटा औषधि उद्योगको स्टलहरू समेत रहनेछ ।
एक्सपो मा नेपाल चिकित्सक संघ का केन्द्रीय पदाधिकारी लगायत विभिन्न शाखा हरूको पदाधिकारी हरू समेत आउने छन । राजधानी लगायत का ठाउँको स्वास्थ्य पत्रकार र पत्रकारहरू समेत एक्सपोमा सहभागी हुँदैछन । बरालको अनुसार तिन दिने फर्मा एक्सपो लाई २५ देखी ३० हजार व्यक्तिले अवलोकन गर्ने छ ।
पछिल्लो २० वर्ष देखी यो प्रदर्शनी छिमेकी मुलुक भारत, चिन लगायत का अन्य देशहरूबाट निर्यात कर्ता, खरिदारहरू, प्रविधि साथै व्यापार बढाउन जिम्मेवार अधिकारीहरू र नियामक निकायहरू लाई एकै ठाउमा ल्याउने प्लेटफर्मको रूपमा उभिएको छ ।
मुलुकमा कुल खपतको आधा नेपालमा उत्पादित औषधि
निजी औषधि कम्पनीले नै आफ्नो मेहनतमा नेपाली बजारमा औषधिको हिस्सा ५० प्रतिशत पुर्याउन लागेको एप्पोनका उपाध्यक्ष सन्तोष बराल बताउँछन् ।
नेपाल मा ९० अर्ब रुपियाँ बराबरको औषधिको बजार रहेको छ । त्यस मध्ये नेपाली औषधिको ३४ अर्ब बराबरको बजार हिस्सा रहेको छ । नेपाल औषधि उद्योग ले उत्पादन गर्ने ७ सय देखि ७ सय ५० प्रकारको मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ । तर समग्र औषधिको हिसाब गर्दा करिब ५० प्रतिशत भन्दा कम औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरूको हो ।
हाल मुलुकमा औषधि उद्योगले १५ हजार जनालाई प्रत्यक्ष र २५ हजारलाई अप्रत्यक्ष रोजगार दिएको र वर्षेनी ६ अर्ब भन्दा बढी राजस्व तिरेको बराल बताउँछन् । नेपालमा ७७ वटा औषधि उद्योग एप्पोनको सदस्य छ ।
प्रतिक्रिया दिनुहोस