‘युनिसेफ र गाभी द्वारा सरकारलाई ४ वटा रेफ्रिजेरेटेड ट्रक हस्तान्तरण’

काठमाडौं– युनिसेफ र भ्याक्सिन एलायन्स, गाभी ले स्वास्थ्य मन्त्रालयलाई शुक्रबार खोप ढुवानीका लागि चार वटा रेफ्रिजरेटेड ट्रक हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको प्रत्येक ट्रक मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा अनुमोदित फ्रिज एकाइहरू छन् । जसमा २४ क्युबिक मिटर भण्डारण क्षमता छ । प्रत्येक ट्रक झन्डै ४० लाख मात्रा दादुरा रुबेला खोप ढुवानी गर्न सक्षम छ ।
रेफ्रिजेरेटेड ट्रकहरूले संघीय खोप भण्डारण सुविधाहरूबाट प्रादेशिक र जिल्ला खोप स्टोरहरूमा आवश्यक खोपहरूको सुरक्षित वितरण सुनिश्चित गर्नेछ ।
हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सेवा विभागका महा निर्देशक डा संगीता कौशल मिश्र, नेपालका लागि ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इमयुनाइजेसन (गाभी) की वरिष्ठ कन्ट्रि म्यानेजर टेमिडायो ओगुनरिन, युनिसेफ उप प्रतिनिधि जी हृयुन राह र सरकारका अन्य अधिकारीहरू उपस्थित थिए ।
ट्रकहरूले देश भर खोपको सुरक्षित र समयमै डेलीभरिको माध्यमबाट नेपालको खोप कार्यक्रमलाई बलियो बनाउन सरकारको प्रयासलाई रेफ्रिजरेटेड ट्रक ले समर्थन गर्नेछ।
‘म रेफ्रिजरेटर ट्रकहरूको यो समयमै डेलीभरिको लागि गाभी र युनिसेफलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले आगामी दादुरा रुबेला अभियानमा निश्चित रूपमा मद्दत गर्नेछ’, डा मिश्रले भनिन ।
पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार शून्य मात्रा खोप पुगेका करिब ४ प्रतिशत बालबालिका सम्म खोप पुर्याउन ट्रकहरू सरकारको लागि सहयोगी साबित हुनेछ’, डा मिश्रले थपिन ।
प्रतिक्रिया दिनुहोस