४२ प्रतिशत डाक्टरमा बर्न आउट को लक्षण
अध्ययन अनुसार १२–१५ प्रतिशत डाक्टरहरू जोखिम पूर्ण रक्सीको प्रयोग गर्छन्, जस मध्ये २० प्रतिशत डाक्टर (उनीहरू मध्ये) तनाव सँग जुध्न रक्सी सेवन गर्छन् । बर्न आउट कार्यस्थलको दीर्घकालीन तनावका कारण हुन सक्छ ।

छिमेकी मुलुक भारतमा हालै गरिएको एउटा अध्ययन अनुसार ४२ प्रतिशत डाक्टर बर्न आउट वाट पीडित भएको पाइए । यस अन्तर्गत डिप्रेसन (उदासी रोग) र चिन्ता सहित सामान्य मानसिक स्वास्थ्य समस्याहरू समावेश छन् ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का अनुसार बर्न आउट सिन्ड्रोम कार्यस्थलको दीर्घकालीन तनावका कारण हुन सक्छ । यसको मतलब काम सँग सम्बन्धित तनाव बढ्दै जानु यो सिन्ड्रोमको प्रारम्भिक लक्षण हो ।
इन्डियन मेडिकल एसोसिएसनको गोवा इकाई, गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्ट र गोवा चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री सँगको सहकार्यमा यो अध्ययन गरिएको हो ।
अध्ययनमा के देखियो भने २८ प्रतिशत डाक्टरमा भावनात्मक थकान, शंका र उपलब्धिको कमी जस्ता विशेषता भएको बर्न आउट को गम्भीर लक्षण देखियो । यस्तै १५ प्रतिशत डाक्टर चिन्ताको कारणले मानसिक स्वास्थ्य संघर्ष सँग जुधिरहेका छन् ।
अनुसन्धानको निष्कर्षका अनुसार काम सँग सम्बन्धित तनाव, लामो समय सम्म काम गर्नाले कार्य जीवनमा असन्तुलन, निरन्तर ‘अन–कल’ उपलब्धता, प्रशासनिक बोझ, पीडा र मृत्युलाई नजिक बाट देख्ने भावनात्मक बोझ र बीमा जस्ता जटिल प्रणालीहरूमा सीमित नियन्त्रण यस्ता कारकहरू हुन्, जसले यसमा योगदान गर्छ ।
अध्ययनमा भनिएको छ, ‘यस ‘बाहेक, १२–१५ प्रतिशत डाक्टरहरू जोखिम पूर्ण रक्सीको प्रयोग गर्छन्, जस मध्ये २० प्रतिशत डाक्टर (उनीहरू मध्ये) तनाव सँग जुध्न रक्सी सेवन गर्छन् ।’ जोखिम पूर्ण रक्सी सेवन गर्नु भनेको यसले उनीहरूको शारीरिक वा मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस