फेरी पक्राउ परेका डा. गोविन्द केसी ले भने, विरोध प्रदर्शन गर्न पाउनु आफ्नो नागरीक अधिकार

काठमाडौँ — प्रा. डा. गोबिन्द केसीलाई प्रहरीले पुनः माइतीघर बाट नियन्त्रणमा लिएको छ । उनले ओठमा टेप लगाएर प्ले कार्ड सहित उभिएर शान्ती पुर्ण विरोध गरिरहेका थिए । प्रहरी ले नियन्त्रण मा लिन खोज्दा डा. केसीले विरोध प्रदर्शन गर्न पाउनु आफ्नो नागरीक अधिकार भएको बताएका थिए ।
सरकारले तोकेको निषेधित क्षेत्र माइती घरमा मंगलबार उनले पुनः बिरोध प्रर्दशन गरे पछि प्रक्राउ गरेर सिंहदबार प्रहरी वृत्तमा राखिएको चिकित्सा शिक्षा सुधारका अभियन्ता शशि विक्रम कार्कीले बताए । डा.केसी लगायत ९ जनालाई गत शनिबार समेत माइती घरबाट नियन्त्रणमा लिएर सोही दिन साँझ छाडिएको थियो ।
डा. केसीले सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई कारबाही हुनुपर्ने, पीडित लाई न्याय हुने गरी संक्रमण कालीन न्याय प्रक्रिया टुंगो लगाउनु पर्ने, नागरिक भेला भएर प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशक नियुक्त गरिनु पर्ने एवं यस अघि चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गरेको सहमति हरु कार्यान्वयन हुनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस