‘नेपाल चिकित्सक संघ : आवासीय चिकित्सक को निलम्बन फिर्ता गरी अध्ययन सुचारु नगराइए आन्दोलन’
![](https://ap-south-1.linodeobjects.com/nepalhealthpress/2023/07/1nma.jpg)
काठमाडौं– नेपाल चिकित्सक संघले काठमाडौं मेडिकल कलेज (केएमसी)मा अध्ययन रत आवासीय चिकित्सक विशद दाहाल माथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिई अध्ययन सुचारु नगराइए आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की द्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त चेतावनी दिइएको हो । विज्ञप्तिमा चिकित्सक संघको शुक्रवार बसेको आकस्मिक बैठकले तुरुन्त बिना कुनै सर्त निलम्बन फिर्ता लीन तथा चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्व विद्यालय लगायत सरोकारवालाहरूको कार्य दल बनाई स्वास्थ्य सिबिर , शैक्षिक गतिविधि लगायत आवासीय चिकित्सकहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न माग गर्ने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्ति मा अविलम्ब निलम्बन फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडि नबढाइए आवासीय चिकित्सकका संघ संस्थाका प्रतिनिधिहरूसँग अझै थप छलफल गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुन र यसको जिम्मेवार स्वयम् सरोकारवाला निकाय हुनुपर्ने समेत जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस